२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाचतुर्दशीमा देवघाट नआउन भक्तजनहरुलाई आग्रह



फाईल फोटो
अ+ अ-

चितवन । देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउ आग्रह गरेको छ । मङ्सिर २८ गते पर्ने यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन आग्रह गरिएको हो । समितिले एक विज्ञप्ति प्रकाशित गरी मङ्सिर २७ साँझदेखि २८ गतेसम्म लाग्ने बालाचतुर्दशी मेलामा देवघाटमा तीर्थयात्रीको अत्यधिक आगमन हुन सक्नेतर्फ सचेत गराएको छ । विज्ञप्तिमा कोरोना भाइरसको जोखिम यथावत रहेकाले देवघाट नआउन आग्रह गरिएको जनाइएको छ ।
 
समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारको मेला, पर्व, उत्सवमा भीडभाड नगर्ने नीति कायम रहेको उल्लेख गर्दै उक्त पर्व पनि घरमै बसी मनाउन आग्रह गरिएको छ । बालाचतुर्दशीमा देवघाटमा सदबिज छर्ने भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यहाँ सदबिज छर्ने र स्नान गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

देवघाटधाममा बसोबास गर्ने अधिकांश वृद्धवृद्धा रहेका र कोरोनाको सङ्क्रमण फैलिएमा अप्ठ्यारो स्थिति सिर्जना हुनसक्ने भएकाले नआउन आग्रह गरिएको समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो । उहाँले अन्य धार्मिक पर्वमा समेत देवघाट नआउन आग्रह गरिँदै आएको बताउनुभयो । अन्त्येष्टि कर्ममा समेत थोरै सङ्ख्यामा मलामी आएर भौतिक दूरी कायम गर्दै अन्त्येष्टि गर्न आग्रह गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।




भर्खरै