१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

नाली व्यवस्थापनसँगै भरतपुरमा डुबान समस्या हट्दै

नाली व्यवस्थापनसँगै भरतपुरमा डुबान समस्या हट्दै
अ अ+ अ-

चितवन । आधा घण्टा झमझम पानी परेपछि नारायणगढको लायन्स चोक, सहिदचोक, भरतपुरको चौबीसकोठी जस्ता ठाउँ जलमग्न हुन्थे । निरन्तर वर्षा हुँदा जिल्ला प्रहरी कार्यालय चितवनले मोटर लगाएर कार्यालय परिसरको पानी फाल्नुपथ्र्यो । अधिकांश सरकारी कार्यालय प्रवेश गर्दा घुँडासम्म पानीमा डुब्नुपर्ने बाध्यता थियो ।

देशका विभिन्न सहरमा यतिबेला डुबानको समस्या छ । विगतमा यो समस्या भरतपुरले पनि व्यहोरेको थियो । यो वर्ष साउन बित्न लाग्दासमेत भरतपुरका स्थानीयबासिन्दाले डुबानको समस्या भोग्नुपरेको छैन ।

भरतपुर महानगरपालिका–३ का अध्यक्ष विकास थापा बितेका वर्षहरुमा ठूलो पानी पर्दा बजार क्षेत्र जलमग्न भएर आधा घण्टा सम्म आवागमनमा समस्या हुने गरेको बताउनुहुन्छ । यो वर्ष अहिलेसम्म बजार क्षेत्रमा डुबानको समस्या नभएको उहाँले बताउनुभयो । वडाध्यक्ष थापाले भन्नुभयो, “छ लेन सडकको नाली र सहिदचोकदेखि बेलचोक हुँदै १ नम्बर पुलसम्म नाली बन्यो, पुङ्गी खोला सफाइ भयो । योसँगै बजारमा डुबानको समस्या हट्यो । ”

नारायणगढको न्यूरोडमा निर्माणाधीन नाली सम्पन्न भएसँगै बजार क्षेत्रको डुबान समस्या पूर्ण रुपमा समाधान हुने उहाँको भनाइ छ । भरतपुर महानगरपालिका–१० डुबानको मुख्य समस्यामा थियो । वडाध्यक्ष परमेश्वर खनालले छ लेन सडक र बाईपास सडकका नाली, भरतपुर अस्पतालदेखि हाकिमचोकसम्म, दूरसञ्चार रोड, प्रहरी कार्यालय–मालपोत चोक सडकको नालीलगायत भित्री सडक र मुख्य सडकमा नाली व्यवस्थित गरेसँगै समस्या हटेको जानकारी दिनुभयो ।

वडा नं ११ र १२ ले बाईपास सडकबाट केरुङ्गा घोलसम्म नाली बनाएपछि यी वडामा डुबानको समस्या घटेको वडा अध्यक्ष खनालले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरेसँगै भरतपुरको सहरी क्षेत्रको डुबान हटेको बताउनुभयो । केही ठाउँमा मात्रै समस्या बाँकी रहेको र ती ठाउँमा पनि समस्या पूर्ण रुपमा समाधान हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पुङगी र केरुङ्गा खोला व्यवस्थित गर्ने काम भइरहेको छ, यसले पूर्णता पाउँदा भरतपुरको मुख्य सहरी क्षेत्रमा डुबानको समस्या हल हुन्छ ।”

महानगरले तत्कालीन कामअन्तर्गत भित्री सडकमा नाली बनाउने, पानीको निकासका उपाय खोज्ने काम गरिरहेको छ । मध्यकालीन योजनाअन्तर्गत पुङ्गी र केरुङ्गा खोलाको संरक्षण गरिरहेको छ । खोलाको रोकावट हटाउने र सुन्दरताको काम गरिरहेको छ । जसका लागि महानगरपालिकाले चालु आर्थिक वर्षमा सङ्घीय सरकारको साझेदारीमा रु ३० करोड बढीको काम गर्दैछ ।

प्रमुख दाहालका अनुसार दीर्घकालीन योजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा रु दुई अर्ब बढी लागतमा ठूला ढल व्यवस्थापन आयोजना यसै आवबाट सुरु गर्ने तयारी छ । दाहालले भन्नुभयो, “महानगरपालिकाले विगत सात वर्षदेखि सहरी ढल व्यवस्थापनका लागि निरन्तर काम गरेकाले प्रतिफल देखिन थालेको हो ।”

खानेपानी तथा ढल व्यवस्थापन विभागले एसियाली विकास बैंकको सहकार्यमा उक्त आयोजना सञ्चालन गर्न लागेको हो । महानिर्देशक रामकुमार श्रेष्ठका अनुसार मन्त्रालयबाट योजना स्वीकृत भइसकेको छ । अर्थ मन्त्रालयले एसियाली विकास बैंकसँग सम्झौता गरेसँगै काम अघि बढ्ने छ । उहाँले भन्नुभयो, “बैंकसँग सम्झौता हुनासाथ बोलपत्र आह्वान गरेर काम अघि बढ्छ ।” भरतपुर महानगरपालिकामा रु। दुई अर्ब ५० करोड लागतमा ढल निर्माण हुने उहाँले जानकारी दिनुभयो । रासस