१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

मिथिलाञ्चलमा आजदेखि झुल्नोत्सव सुरु

मिथिलाञ्चलमा आजदेखि झुल्नोत्सव सुरु
अ अ+ अ-

महेन्द्रनगर । मिथिलाञ्चलमा आजदेखि झुल्नोत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयाबाट सुरु भई झुल्नोत्सव पूर्णिमासम्म जारी रहन्छ ।

झुल्नोत्सवमा विशेष गरी भगवान् सीताराम र राधाकृष्णलाई आज साँझदेखि झुलामा झुलाइने परम्परा रहँदै आएको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवले बताउनुभयो । यसका लागि जानकी मन्दिरबाट विभिन्न देवीदेवताको प्रतिमा रहेका प्रत्येक मठमन्दिरमा विशेष किसिमका सिंहासन निर्माण गरी सजाइएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा रहेको उहाँले जानकारी दिनुभयो ।

यस उत्सवमा जनकपुरधामका मन्दिरबीच उत्सवभर रोचक प्रतिस्पर्धा हुने गर्दछ । एकातर्फ भगवान् राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाचगान, भजनकीर्तन र लोक कथा सुनाइने गरिन्छ । रत्नसागर मन्दिरको झुला नाच सबैभन्दा बढी प्रसिद्ध रहेको रत्नसागरका महन्त बैकुण्ठदास वैष्णवले बताउनुभयो । झुला र नाच हेर्न मन्दिरमा भक्तजनको साँझपर्ने वित्तिकै घुइँचो लाग्ने उहाँको भनाइ छ । जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइने उहाँले जानकारी दिनुभयो ।

यसरी सुरु भयो झुल्नोत्सव

जनकपुरधारममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदी महन्त सुरकिशोर दास वैष्णवले गराउनुभएको इतिहासमा उल्लेख छ ।

“सुरकिशोरको आगमनको समय सन् १७३० लाई मानिन्छ । त्यस समयमा जनकपुरधाममा विभिन्न मन्दिरको स्थापना भई विभिन्न उत्सवहरुको सुरुवात भएको थियो । सुरकिशोरले माता जानकीलाई पुत्री मान्दथे । उहाँले कहिलेकाहीँ जानकीसँग कुराकानी गर्ने गरेको र माता जानकीको सल्लाहमा आदी महन्त सुरुकिशोरले यस उत्सवको प्रारम्भ गरेको धार्मिक विश्वास छ”, जानकी मन्दिरका उत्तराधिकारी वैष्णवले भन्नुभयो ।

सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ मानिने बृन्दावनबाट झुलाको परम्परा जनकपुरधाममा आएको इतिहासकार बताउँछन् ।

साओनमे उपवन वन फूले  
झुला झुले नन्दकिशोर 
कदमक डारीमे लागल 
हिँडोला झहरय नभ घनघोर

धार्मिक पृष्ठभूमिमा आधारित यस गीतलाई समाजशास्त्रीय दृष्टिकोणले मनन् गरेर झुलाको प्रारम्भ भएको जनविश्वास छ । साधुसन्त खुल्ला चौर वा कुनै रुखको छहारी मुनि बास बसेर पनि आफ्नो झोलामा श्रद्धाका साथ ल्याएका शालिग्रामलाई आसनमा राखी झुलाउने गर्दछन् । झुलाको आकर्षण मिथिलाञ्चलमा धानको रोपाइँ समाप्त हुनासाथ सुरु हुन्छ । यस क्रममा हरेक मठमन्दिरमा कजरी र मलार जस्ता धार्मिक महत्व झल्किने गीत कर्णप्रिय आवाजमा सुनिन्छन् ।

झुल्नोत्सवमा युवती सबै झुलाको गीत गाउने र भगवान्को पूजाअर्चना गरेपछि श्रद्धालु भक्तजनलाई फुलपाती पञ्चामृत र नैवेद्य बाँड्ने परम्परा रहेको संस्कृतिका जानकार डा राजेन्द्र विमलले बताउनुभयो । मिथिलाञ्चलको मठमन्दिरमा साउन महिनाभर झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटेर विधिवत् रुपमा सम्पन्न गरिँदै आइएको उहाँले जानकारी दिनुभयो ।

जनकपुरधामसहित मिथिला क्षेत्रको हरेक मठमन्दिरमा झुला उत्सव मनाउने परम्परा रहे पनि जानकी मन्दिर र राममन्दिरको झुला विशेष आकर्षणको केन्द्रविन्दु रहँदै आएको संस्कृतिका जानकार रोशन जनकपुरीले बताउनुभयो । उहाँका अनुसार जानकी मन्दिरमा विशेष किसिमका तीनवटा सिंहासनमा सीता र रामको मूर्ति राखेर झुलामा झुलाइने धार्मिक परम्परा रहँदै आएको छ ।

“जनश्रुति अनुसार सीताको माइतीमा दाइजोका रूपमा प्राप्त मणि महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड भएको थियो । त्यसैको स्मृतिस्वरूप झुला उत्सवको प्रारम्भमा मणिपर्वत मनाउने परम्परा रहेको छ”, जनकपुरीले भन्नुभयो ।

त्रेतायुगमा भगवान् राम र सीताको शुभविवाहको उपलक्ष्यमा मिथिलाका विदेह राजा शिरध्वज जनकले अयोध्यावासीलाई उपहारस्वरूप दिएको सुनचाँदी तथा मणिको भार मिथिलाको राजधानी जनकपुरधामको रङ्गभूमि मैदानमा थुपारिएको रामायण तथा धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार यो पर्व प्राचीन समयदेखि मनाइँदै आएको जनविश्वास छ ।