१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

गलेश्वरमा गत वर्ष रु ५८ लाख भेटी सङ्कलन

गलेश्वरमा गत वर्ष रु ५८ लाख भेटी सङ्कलन
अ अ+ अ-

म्याग्दी । बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षको अवधिमा रु ५८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०८०/ ८१ मा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले रु ५८ लाख ४० हजार पाँच सय १० भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मेलापर्वमा रु १९ लाख ७८ हजार आठ सय १८ र मण्डपमा रु ३८ लाख ६१ हजार छ सय ९२ भेटी सङ्कलन भएको जानकारी दिनुभयो ।

“गत आर्थिक वर्षसम्म कोषको आम्दानी भेटी, दान र बैङ्कको ब्याजसहित रु चार करोड ४१ लाख २५ हजार दुई सय २२ पुगेको छ,” उहाँले भन्नुभयो, “मन्दिरको आम्दानी कर्मचारीको तलब, कार्यालय, मन्दिरका पुुजारी, ज्येष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालनमा परिचालन गरिएको छ ।”

भेटीसहित गत आर्थिक वर्षमा रु। एक करोड ७६ लाख ४० हजार आठ सय ८४ आम्दानी गरेको कोषले विभिन्न शीर्षकमा रु ८० लाख ३५ हजार नौ सय ११ खर्च र रु ९६ लाख चार हजार नौ सय ७२ बचत गरेको कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो ।

भेटीबाहेक यज्ञ दर्ता शुल्क रु चार लाख १३ हजार छ सय ६७, यात्री निवास शुल्क रु पाँच लाख ७७ हजार छ सय ६५, ब्याज रु ८९ लाख ६९ हजार पाँच सय ६६, दान दातव्य रु ५५ लाख २२ हजार एक सय ४३ र भक्तजनहरुले चढाएको जिन्सी सामान बिक्रीबाट रु। छ लाख २८ हजार आठ सय २५ सङ्कलन भएको छ । यसैगरी, पार्किङ शुल्क रु ११ हजार सात सय ५० र स्टल भाडा रु छ लाख ७६ हजार ६ सय ८५ आम्दानी भएको छ ।

यस वर्षको साउन महिनाको तेस्रो सोमबारसम्म रु १० लाख ७४ हजार सात सय ४७ भेटी सङ्कलन भएको छ । पहिलो सोमबार रु तीन लाख ७२ हजार तीन सय ७१, दोस्रो सोमबार रु तीन लाख ३६ हजार एक सय ८५ र तेस्रो सोमबार रु तीन लाख ६६ हजार दुई सय भेटी सङ्कलन भएको कोषका सदस्यसचिव बलबहादुर खत्रीले बताउनुभयो । गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रुपमा गणना गरेर सार्वजनिक गर्ने प्रचलन छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।

धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापना लगायत भौतिक संरचना निर्माण भएका हुन् । गलेश्वर मन्दिरको आम्दानीबाट गत आर्थिक वर्षमा ज्येष्ठ नागरिक सभाहल बनाउन रु १५ लाख, जडभरत शालग्राम संस्कृत माविलाई रु पाँच लाख र गलेश्वर बजारमा सिसी टिभी जडान गर्न रु एक लाख ४३ हजार सहयोग गरेको कोषले जनाएको छ ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । हिन्दूधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रि पर्वमा बिशेष मेला लाग्ने छ । दैनिक नित्य पूजाआजा हुने गर्छ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा हुुने धार्मिक विश्वास छ ।