६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरनिको राजमार्ग पुनर्निर्माण गरिदिने चीनको प्रस्ताव



अ+ अ-

सिन्धुपाल्चोक । भूकम्प तथा बाढीपहिरोबाट क्षतविक्षत बनेको नेपाल–चीन जोड्ने पहिलो उत्तरी नाका अरनिको राजमार्ग पुनर्निर्माणका लागि चीन सरकारले प्रस्ताव गरेको छ । ८० मिलियन युआन ९१ अर्ब ४४ करोड २० लाख रुपैयाँ० लगाएर राजमार्ग पुनर्निर्माण गरिदिने प्रस्ताव चीन सरकारले राखेको हो ।

२०७२ सालको भूकम्प र त्यसपछि गएको बाढीपहिरोका कारण क्षतिग्रस्त अरनिको राजमार्ग पुनर्निर्माणका लागि चिनियाँ दूतावासमार्फत प्रस्ताव प्राप्त भएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाले जानकारी दिएको छ । चीन सरकारले पुनर्निर्माणको प्रस्ताव पठाए पनि तत्काल काम थालनी हुने सम्भावना भने छैन । कोरोना महामारीका कारण चिनियाँ निर्माण टोली आउने सम्भावना नभएको सडक विभागले बताएको छ ।

सडक विभागका अनुसार चीन सरकारले पाँचखालदेखि कोदारीसम्मको खण्ड पुनर्निर्माण गरिदिने प्रस्ताव राखेको छ । प्रस्तावअनुसार सडकको स्तरोन्नति हुने छैन र भूकम्प, वर्षाले क्षति पुगेको स्थानमा पुनर्निर्माण गर्ने काम हुनेछ । ६० भन्दा बढी स्थानमा सडक क्षतिग्रस्त छ ।

अहिले अरनिको राजमार्गअन्तर्गतको कोठे, लामोसाँघु बाह्रबीसे, खुर्सानीबारी, सिरिसे, खग्दोल, जम्बु, झ्याले, डाकलांक, माथिल्लो भोटेकोशी ड्याम क्षेत्र, घट्टे खोलालगायत १५ स्थानमा पुल र सडकमा समस्याका कारण राजमार्गमा यातायात सञ्चालन गर्न अप्ठ्यारो छ । यी ठाउँमा दुवैतर्फ गाडीहरू आवातजावत गर्न मिल्दैन । आर्थिक अभियान दैनिकबाट