२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाइनेस्टीको हेलिकप्टर दुर्घटना: हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु



अ+ अ-

काठमाडौँ । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बुधबार दिउँसो दुर्घटना भएको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो ।

बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका–७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ४ पुरुष १ महिलाको शव फेला परेको छ । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने ४ चिनियाँ पर्यटक स्याफ्रुबेंसी लगिँदै थियो ।

हेलिकप्टरमा सवार यात्रु:
हेलिकप्टर क्याप्टेन: अरुण मल्ल
चिनियाँ पर्यटक:
जुदाड टाङ
जी लि
जेमिङ सी
(सबै पुरुष)
यियाद वु (महिला)