१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाइनेस्टीको हेलिकप्टर दुर्घटना: हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु



अ+ अ-

काठमाडौँ । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बुधबार दिउँसो दुर्घटना भएको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो ।

बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका–७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ४ पुरुष १ महिलाको शव फेला परेको छ । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने ४ चिनियाँ पर्यटक स्याफ्रुबेंसी लगिँदै थियो ।

हेलिकप्टरमा सवार यात्रु:
हेलिकप्टर क्याप्टेन: अरुण मल्ल
चिनियाँ पर्यटक:
जुदाड टाङ
जी लि
जेमिङ सी
(सबै पुरुष)
यियाद वु (महिला)