१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टर दुर्घटना अपडेट: चिनियाँ पर्यटक सवार हेलिकप्टर अरुण मल्लले उडाएका थिए



फाईल फोटो
अ+ अ-

काठमाडौँ । एयर डाइनेस्टीको हेलिकप्टर केहीबेरअघि नुवाकोटको शिवपुरीमा दुर्घटनामा परेको छ ।

शिवपुरी गाउँपालिका–७ स्थित शिवपुरी जङ्गलको सुइरेचौर क्षेत्रमा आगो बलेको र धुँवा देखिएपछि स्थानीयले हेलिकप्टर दुर्घटना भएको हुनसक्ने आशङ्का गरी प्रहरीलाई खबर गरेका थिए ।

काठमाडौंबाट स्याफ्रुबेंसी उडेको हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । उक्त हेलिकप्टर चिनियाँ पर्यटक लिएर स्याफ्रुबेंसी उडेको थियो । थप विवरण आउन बाँकी छ ।