१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

बिम्स्टेक राष्ट्रका निजी क्षेत्रका लगानीकर्तालाई नेपालमा लगानी बढाउन मन्त्री भण्डारीको आग्रह

बिम्स्टेक राष्ट्रका निजी क्षेत्रका लगानीकर्तालाई नेपालमा लगानी बढाउन मन्त्री भण्डारीको आग्रह
अ अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिहरूलाई नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गर्नुभएको छ ।

कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रिजले विदेश मन्त्रालयसँगको सहकार्यमा भारतको नयाँदिल्लीमा आयोजना गरेको मन्त्रिस्तरीय बिम्स्टेकको व्यापार शिखर सम्मेलनलाई सम्बोधन गदै मन्त्री भण्डारीले क्षेत्रीय मूल्य शृङ्खला र व्यापारमा नेपालको एकीकरणलाई सहयोग पुर्‍याउन तथा सहयोग बढाउन आग्रह गर्नुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “यो शिखर सम्मेलन सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाहरूबीचको बहुआयामिक साझेदारी, बलियो सहकार्य, पारस्परिक विश्वास र ऐक्यबद्धतामार्फत बङ्गालको खाडी क्षेत्रमा क्षेत्रीय शान्ति, स्थिरता र आर्थिक समृद्धि हासिल गर्ने हाम्रा अटल प्रतिबद्धता र साझा लक्ष्यहरूको वास्तविक पुन:स्थापना हो ।”

यो फोरम क्षेत्रभित्र व्यापार, लगानी, पर्यटन र ‘कनेक्टिभिटी’जस्ता क्षेत्रमा नेटवर्किङ र व्यापार सहयोग सुधार गर्न सहायक हुने मन्त्री भण्डारीले बताउनुभयो । “हामीले व्यापार, लगानी, दिगो कृषि अभ्यास, कनेक्टिभिटी, ऊर्जा र वातावरणीय सुरक्षा तथा जलवायु परिवर्तनका लागि अनुकूलन र न्यूनीकरण रणनीतिमा सुधारिएको सहयोगलाई प्राथमिकता दिनुपर्छ, बिम्स्टेकभित्रका हाम्रा सामूहिक प्रयासहरूले विविध र जीवन्त क्षेत्रको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने र साझा वृद्धि तथा विकासका अवसरहरूलाई बढावा दिने शक्ति छ”, उहाँले भन्नुभयो ।

सुदृढ क्षेत्रीय सहयोगले अर्थतन्त्रको पूर्ण क्षमतालाई केही सुधार गर्न, थोरै रोजगारी सिर्जना गर्न र जनताको जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्नसक्ने मन्त्री भण्डारीको भनाइ थियो । उहाँले काठमाडौँमा सम्पन्न तेस्रो लगानी सम्मेलन अघि पछिल्ला वर्षहरूमा लगानी र व्यवसायसँग सम्बन्धित प्रक्रिया पनि सुव्यवस्थित र समग्र प्रक्रियालाई सरलीकृत गरिएको उल्लेख गर्नुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “प्राविधिक विकास, व्यापार गतिशीलता परिवर्तन र विकसित उपभोक्ता प्राथमिकताहरू सबैले विश्वव्यापी आर्थिक परिदृश्यमा द्रुत परिवर्तनमा योगदान पुर्‍याएको छ, क्षेत्रीय व्यापार र लगानी सम्झौताहरू यी परिवर्तनको राम्रोसँग सामना गर्न महत्वपूर्ण छन्, यस सन्दर्भमा, बिम्स्टेकले यस क्षेत्रको दिगो आर्थिक वृद्धिका लागि सहकार्य, आविष्कार र अनुकूल वातावरण सिर्जना गर्न हाम्रा लागि महत्वपूर्ण थलोका रूपमा काम गरिरहनेछ ।”

नेपाल प्रचुर प्राकृतिक स्रोत, लाभदायक स्थान, विविध सांस्कृतिक सम्पदा, अनुकूल जलवायु र बढ्दो प्रतिस्पर्धात्मक मानव पुँजीले सम्पन्न रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले यी सबै कारणले नेपालमा लगानी र व्यापारका लागि अवसर रहेको बताउनुभयो । उहाँले नेपाल सरकारले आफ्ना छिमेकी र बाहिरका मुलुकसँग व्यापार, लगानी र सम्पर्क प्रवद्र्धन गर्न निरन्तर नीतिगत सुधार गरेको जानकारी गराउनुभयो ।

यो बिम्स्टेक व्यापार शिखर सम्मेलनले बजार पहुँच, मूल्य शृङ्खला एकीकरण, निजी क्षेत्रको वृद्धि र सार्वजनिक–निजी साझेदारीमा वृद्धि गर्नका लागि ठोस नतिजा प्रदान गर्ने मन्त्री भण्डारीले उल्लेख गर्नुभयो । भूपरिवेष्टित देशका रूपमा नेपालले विभिन्न समस्याको सामना गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मूलत: वैदेशिक व्यापारमा नेपालजस्तो भूपरिवेष्टित देशको पारवहन अधिकारका लागि हाम्रा छिमेकी तथा अन्य मित्र राष्ट्रहरूले निरन्तर सहयोग र ऐक्यबद्धता देखाएकामा हामी प्रशंसा गर्छौं, साना र भूपरिवेष्टित अर्थतन्त्रका लागि बिम्स्टेकले विशेष ध्यान दिनेछ भन्नेमा हामी आशावादी छौँ ।”

बङ्गालको खाडी क्षेत्रमा दिगो विकास र समृद्धिका हाम्रा साझा लक्ष्य हासिल गर्न बिम्स्टेकभित्र उत्पादनशील, जनकेन्द्रित र कार्यमुखी सहकार्यका लागि नेपाल सरकारका तर्फबाट मन्त्री भण्डारीले प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “हामीले बिम्स्टेक क्षेत्रको परिकल्पना गरेका छौँ, जुन आर्थिक रूपमा उन्नत, भौतिक रूपमा एकीकृत, प्राविधिक रूपमा नवप्रवर्तनशील, पारिस्थितिक रूपमा लचिलो र विविधताका लागि सामाजिक–सांस्कृतिक रूपमा खुला छ ।” सम्मेलन मङ्गलबारदेखि सुरु भएको हो । रासस