२४ भाद्र २०८३, बुधबार
,
Latest
घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीबारे नसोच्ने खेलकुद पदाधिकारीमाथि अप्रिय निर्णय लिन्छु: मन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरुलाई स्वदेशमै जीवनयापन गर्नसक्ने वातावरण बनाउने गरी सरकारले आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाउनुभएको छ ।

बुधवार त्रिपुरेश्वरस्थित कार्यालयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नि:वर्तमान उपाध्यक्ष शिव कोईरालाको बिदाई कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले खेलाडीहका जुन देशमा राम्रो काम गर्न सकिँदैन, सेवा, सुविधा दिन सकिँदैन त्यस देशबाट प्रतिभावान खेलाडी पलायन भइरहने बताउनु भयो । उहाँले सक्षम खेलाडीलाई कसरी नेपालमा रोक्ने, उनीहरुलाई केके सुविधा दिँदा जीविका चलाउन सहज हुन्छ भन्नेबारेमा सरकारले आवश्यक काम गर्ने पनि बताउनु भयो । उहाँले खेलाडीहरुका लागि भन्दा आफ्ना लागि बढी सोच्ने मन्त्रालय मातहतका खेलकुद निकायहरुलाई अप्रिय निर्णय लिने चेतावनी दिनुभयो । उहाँले सरकारले उत्कृष्ट खेलाडीहरुको वर्गीकरण गर्न लागेको जानकारी दिँदै उनीहरुका दुई सन्तानसम्मलाई कक्षा १२ सम्मको शिक्षा राम्रा विद्यालयमा अध्ययन गर्न पाउने व्यवस्था गर्न लागेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जुन देशमा खेलाडीका लागि राम्रो काम गर्न सक्दैन, सुविधा पाउन सक्दैन, उसको खर्च कटौति गरेर उसको हरेक चिज काटेर हामी जथाभावी गर्छौं भने त्यो देशको खेल क्षेत्र कहिल्यै प्रगति हुँदैन, खेलाडीहरु यसैगरी विदेश पलायन भइरहन्छ । हाम्रो एउटा लक्ष्य के छ भने हाम्रो देशका खेलाडीहरुलाई सक्षम खेलाडीलाई कसरी नेपालमा रोक्ने, उनीहरुलाई केके सुविधा दिँदा उसको जीविका चलाउन सकिन्छ, बाच्न सकिन्छ भन्ने हिसावले हाम्रो खेल क्षेत्रका पदाधिकारीहरुलाई सोच्न आग्रह गर्दछु ।’

‘त्यो भिजनमा जानसक्नु भएन भने कतिपय कुरा म अप्रिय निर्णय लिनसक्छु । आफ्नो सुविधानको लागि जे पनि गर्न तयार तर खेलाडीको लागि कुनै मतलव नराखेपछि कहाँ राम्रो हुन्छ । संघमा विवाद छ, तदर्थ समिति, संघ, संघ बी, संघ सी, के संघ हो यो रु एउटा संघ हुँदा हुँदै दुई वटा संघ हुन्छ । केही त स्वार्थ होला नि । दुई वटा संघ भएपछि खेलाडीहरु तानातान गर्ने हो । कोच तानातान गर्ने हो । यि कुरामा ध्यान दिन आग्रह गर्दछु । हामी राम्रो खेलाडीको क्याटोगोरी छुट्याउँदै छौँ । उनीहरुका छोराछोरीहरुलाई कक्षा १२ सम्म प्याब्सनसँग सम्झौता हुँदैछ । उनीहरुको छोराछोरीलाई १२ कक्षासम्म नि:शुल्क पढाउने, केही छुट दिएर पढाउने व्यवस्था गर्नेछौँ ।’

मन्त्री चौधरीले खेलाडीको जीवन बीमा बढाउने गरी सरकारले सोचिरहेको बताउनु भयो । उहाँले खेलाडीहरुको स्वास्थ्य बीमाका बारेमा अस्पतालहरुसँग कुरा भइरहेको बताउनु भयो । उहाँले खेलाडीहरुलाई नेपाली सेना र नेपाल प्रहरीमा मात्रै जागिर दिइरहेको भन्दै अन्य क्षेत्रमा पनि जोड्ने गरी आवश्यक पहल गर्ने बताउनु भयो ।