१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

शेयर बजारको उत्साह कायम रहला ?

शेयर बजारको उत्साह कायम रहला ?
अ अ+ अ-

काठमाडौँ । शेयर बजारमा केही वर्ष अघिसम्म ८० प्रतिशतभन्दा ज्यादा हिस्सा बैङ्क–वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुले ओगटेको थिए । बैङ्क–इन्स्योरेन्स जस्तो मुद्राको मात्रै कारोबार गर्ने सेवामूलक क्षेत्रको शेयर बजारमा अहिले हिस्सा घटेर ६३.८ प्रतिशतमा झरेको नेपाल स्टक एक्चेन्जको (नेप्से) तथ्याङ्क छ । खासगरी शेयर बजारमा जलविद्युत् कम्पनीहरुको उपस्थिति बढिरहँदा बैङ्कहरुको हिस्सा घटेको देखिन्छ ।

पछिल्ला वर्षहरुमा जलविद्युत्सहित अरू उत्पादनमूलक कम्पनीहरुले पनि सर्वसाधारणलाई शेयर जारी गरेर पैसा सङ्कलन गरिरहेका छन् । त्यसकारण पनि पुँजी बजारमा बैङ्क–बीमा क्षेत्रको प्रभुत्व घटिरहेको छ । बैङ्क–बीमा क्षेत्रमा केही वर्षयतादेखि चलेको मर्जर तथा प्राप्तिको अभियानले पनि सङ्ख्या घटाउन काम गरेको छ । खासगरी शेयरको दोस्रो बजारमा कुनै एउटा समूहको मात्रै प्रभुत्व रहँदा जोखिम हुने बुझाइ छ । त्यसमा वास्तविक क्षेत्र भनेर बुझिने जलविद्युत् जस्तो उत्पादनमूलक क्षेत्रको प्रवेश बढिरहनु शुभसङ्केत नै हो । किनकि नेपालको अर्थतन्त्रमा सबैभन्दा सम्भावनाको क्षेत्र भनेको पर्यटन र ऊर्जा क्षेत्र नै हो । हामीले यस क्षेत्रको विकास विस्तारबाट अपार लाभ लिन सक्ने सम्भावना छन् ।

पछिल्ला समय नेप्सेमा पर्यटन, सिमेन्ट, कृषिलगायत क्षेत्रको पनि प्रवेश बढिरहेको छ । यद्यपि हाल नेप्सेमा १२ वटा समूहगत परिसूचक मापन गर्ने गरिएको छ । वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी, बीमा कम्पनी, म्युचुअल फन्ड, होटल, उत्पादन तथा प्रशोधन, व्यापार, जलविद्युत् र अन्य समूहका परिसूचकहरुलाई नेप्सेले गणना गर्छ ।

यसरी शेयर बजारमा क्रमश: क्षेत्रगत विविधता बढिरहेको देखिन्छ । यसले शेयर बजारमा लगानीको आकर्षण र उपस्थिति समेत बढाएको छ । विगतमा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी, रुस–युक्रेनबीच चलेको युद्धको विश्वव्यापी प्रभाव र विश्वव्यापी रुपमा आर्थिक क्षेत्रमा देखिएको मन्दी तथा असन्तुलनले नेपालको शेयर बजारमा पनि ठूलो असर परेको हो । आर्थिक असन्तुलन, सरकारको पुँजीगत खर्चको दयनीय अवस्था, तरलता सङ्कटको कारण बढेको ब्याजदर र शेयर बजारप्रति नेपाल राष्ट्र बैकको कसिलो नीतिका कारण विगतमा बजार घटेको हो । एक हजार आठ सय अङ्कबाट पनि तल झरिसकेको नेप्से परिसूचकाङ्क अहिले भने हालै आएको आव २०८१/८२ को मौद्रिक नीतिले बजार दुई हजार आठ सय अङ्कको छेउछाउ आइसकेको छ । अब क्रमश: शेयर बजार उकालो लाग्ने धेरै आधार तय भएका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरेको नीति कार्यक्रममा पनि शेयर बजारको संरचनागत सुधार गर्ने, कसिलो नीतिहरुमा पुन:विचार गर्दै गैरआवासीय नेपालीलाई पनि शेयर बजारमा प्रवेश गराउने र पुँजी बजारको भरपर्दो विकास गर्ने नीति लिएको छ । त्यसले लगानीकर्तामा एक खालको उत्साह थपेको देखिन्छ । वर्तमान सरकार गठनसँगै आएको मौद्रिक नीतिले संस्थागत लगानीकर्ताहरुका लागि २० करोडको क्याप हटाएको छ । शेयर धितो कर्जाका लागि प्रोत्साहन गरेको अवस्था छ । यसले गर्दा बजार बढिरहेको देखिन्छ ।

केही हप्तायता बजार निरन्तर बढिरहँदा शेयर बजार पुँजीकरण पनि बढेको छ । २०८१ साउन २१ गते सोमबारको कारोबारको आँकडाअनुसार शेयर बजार पुँजीकरण रु ४४ खर्ब ३८ अर्ब नाघेको छ । जुन कुल ग्राहस्थ्य उत्पादनको आकारभन्दा रु १४ खर्ब मात्र कम हो । कुनै बेला अर्थात् तीन हजार तीन सय अङ्कमा मार्केट पुगेको बखत रु ४० खर्बको पुँजीकरण भएको शेयर बजार अहिले नेप्सेमा थपिएका कम्पनीहरुका कारण रु ४४ खर्ब पुगेको छ । खासगरी शेयर बजार जिडिपीकै हाराहारी हुनुपर्ने विश्वव्यापी मान्यता रहे पनि नेपालमा सबै उद्योग, व्यवसाय नेप्सेमा सूचीकृत नभएको कारण त्यो नभएको देखिन्छ तर पनि पछिल्ला समय नेप्सेमा सूचीकृत हुने कम्पनीहरु बढिरहेका देखिन्छन् ।

नेपालको शेयर बजारको दायरा फराकिलो र पुँजीको पैमान पनि बढिरहेको छ । यसले नै वास्तवमा शेयर बजारको सुदूर भविष्य उज्ज्वल रहेको देखाउँछ । खासगरी पछिल्लो दशक नेपालमा पनि शेयर बजारप्रति आमसर्वसाधारणको बुझाइ परिवर्तन भएको छ । यस क्षेत्रलाई सबैले सकारात्मक दृष्टिले हेर्न थालेका छन् । वास्तवमा कुनै पनि देशको अर्थतन्त्रको अवस्थाको चित्र शेयर बजारले नै दर्साउछ । त्यसकारण पनि शेयर बजारलाई देशको अर्थतन्त्रको ऐना भनिएको हो । ठूल–ठूला उद्योग तथा व्यवसाय स्थापना तथा सञ्चालन गर्न पुँजीको सङ्कलन गर्ने महत्वपूर्ण माध्यम हो पुँजीबजार । त्यसकारण अर्थतन्त्रलाई विस्तारित गर्न र अघि बढाउन पुँजीबजारको महत्वपूर्ण भूमिका हुने गर्छ । सो तथ्य आमराजनीतिक नेतृत्व, कर्मचारीतन्त्रले बुझ्न जरुरी छ ।

अहिले नेपालमा शेयर किनबेचका लागि डिम्याट खाता खोल्नेहरुको सङ्ख्या २०८० चैतसम्ममा ६२ लाख नाघिसकेका छन् । त्यसमा महिलाको सङ्ख्या नै २६ लाख नजिक पुगेको तथ्याङ्क छ । यद्यपि आर्थिक मन्दी, तरलता सङ्कटलगायत कारण शेयर बजार सुस्ताउँदा अहिले शेयर बजारका सक्रिय लगानीकर्ता २०–२२ लाख रहेका छन् । जेहोस् पछिल्लो वर्षहरुमा नेपालमा शेयर बजारप्रति बढेको आकर्षण उत्साहप्रद हो । यसले सम्भावना भएका उद्योग, व्यवसायले आइपिओ मोडलमा आवश्यक लगानी जुटाउन सक्ने आधार दिएको छ ।

पछिल्लो समय सरकारले बढेको ब्याजदरलाई घटाउन निरन्तर प्रयास गरेको देखिन्छ । त्यसमा बैङ्कको चर्को ब्याजदरविरुद्ध व्यसायीहरुले गरेको आन्दोलनले ठूलो दबाब परेको हो । बैङ्कहरुको ब्याजदर घट्दा त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा पर्छ । तरलता सहजताको अवस्था हुँदा र बैङ्कको ब्याजदर घट्दा विगतदेखि नै शेयर बजार बढ्ने गरेको दखिन्छ । त्यसकारण आगामी दिनहरुमा बजार झनै बढ्दै जाने आधार तय भएको छ । खासगरी बजेटलगत्तै आएको मौद्रिक नीतिले पनि शेयर बजारलाई उत्साह दिएको छ । शेयर बजारलाई कता डोर्‍याउने भन्ने कुरामा मौद्रिक नीतिको धेरै भूमिका हुनेगर्छ । यद्यपि मौद्रिक नीति सरकारको बजेट तथा नीति कार्यक्रमलाई सघाउन ल्याउने गरिन्छ ।

विगतका वर्षहरुमा मौद्रिक नीतिमा शेयर बजार र घरजग्गाप्रति कसिलो बनाइएकामा यसपटक धेरै नै खुल्ला गर्ने गरी प्रोत्साहनकारी रुपमा मौद्रिक नीति आयो । मौद्रिक नीति बैङ्क तथा वित्तीय संस्थाहरुका लागि पनि केही खुकुलो गरी आयो । फलस्वरुप शेयर बजारमा हरियाली छाएको देखिन्छ । गत वर्षहरुमा राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा १२ करोडसम्मको क्याप लगाएको हो । ४–१२ को नीतिले पनि शेयर बजारको गतिशीलतालाई कमजोर बनाएको हो । अहिले ती व्यवस्था हटाइएको छ । फलस्वरुप शेयर कारोबारको ‘भोलुम’ र नेस्से परिसूचक निरन्तर बढिरहेका छन् । विगतमा तीन हजार तीन सय अङ्कको नेप्से परिसूचकाङ्क पुगिरहँदा बजारमा एकै दिन रु २१ अर्ब ६४ करोड ७६ लाखसम्मको कारोबार भएको हो । अहिले त्यो रेकर्डसमेत ‘बे्रक’ भएर नेप्सेमा झन्डै रु २२ अर्ब ९रु २१ अर्ब ९१ करोडसम्म० करोबार भएको छ । यसरी बजारमा एउटा खालको आत्मविश्वास देखिएको छ । यसले समग्रमा आशा जगाएको छ ।

वित्तीय बजारमा तरलता सहजताको अवस्था सिर्जना भएको छ । मुलुकको आर्थिक अवस्था तथ्याङ्कीय हिसावले सबल बन्दै गएको अवस्था छ । नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले नै अर्थतन्त्र तथ्याङ्कीय रुपमा सबल बन्दै गएकाले बजारमा त्यसको सकारात्मक प्रभाव क्रमश: पर्दै जाने बताउनु भएको छ । ब्याजदर घटिरहेको छ । त्यसकारण शेयर बजार उकालो लागिरहने देखिन्छ । शेयर बजार एउटा लगानीको उत्तम माध्यम हो भन्ने आमसर्वसाधारणले बुझिसकेका छन् । कतिपय नेताहरुले विगतमा शेयर बजार जुवाको खाल हो, अनुत्पादक क्षेत्र हो भने पनि अहिले उनीहरुले समेत आफ्ना बुझाइ सच्च्याएका छन् । त्योभन्दा बढी सर्वसाधारणले नै शेयर बजारमा उत्साहप्रद सहभागिता देखाएर पुँजीबजारप्रति सकारात्मक दृष्टिकोण रहेको दर्शाइरहेका छन् ।

सरकारले पनि शेयर बजारप्रति अत्यन्त प्रोत्साहनकारी नीति देखाउन जरुरी छ । शेयर बजारले आमसर्वसाधारणलाई अर्थशास्त्रको बचतको सिद्धान्त सिकाउँछ । अलिअलि भएको पैसाले आइपिओ भर्ने, शेयर किन्ने गर्दा मान्छेले पैसाको महत्व र त्यसको पुँजीकरणको भेउ थाहा पाउँछन् । अहिले शेयर बजारमा धेरै मान्छेहरु आकर्षित भएका, लागेकाले धेरैलाई यस क्षेत्रले रोजगारी र अवसर पनि दिएको छ । खासगरी नेपाली समाजमा विगतमा गृहिणीको उपमा दिएका महिलाहरुको सङ्ख्या नै शेयर बजारमा ४२ प्रतिशत पुग्नुले आर्थिक क्षेत्रमा महिलाहरु कति सशक्त रुपमा आइरहेका छन् भन्ने पनि दर्शाउँछ । अर्को शेयर बजारबाट सरकारले रु १५ अर्बसम्म कर विगतमा पाएको हो । त्यसकारण सरकारले पुँजीबजारको विकास, उन्नयनमा जोड दिनुपर्छ । पुँजी बजारको विकासमा ध्यान दिन नसके सरकारको आर्थिक समृद्धिको नारा गफमा सीमित हुन्छ ।रासस