१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

टिआरसी विधेयकमा सहमति नयाँ सरकार बनेपछिको राम्रो काम: अध्यक्ष दाहाल

टिआरसी विधेयकमा सहमति नयाँ सरकार बनेपछिको राम्रो काम: अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक चालु अधिवेशनबाटै टुंग्याउन आग्रह गर्नुभएको छ ।

बुधवार सिंहदरबारमा टिआरसीसम्बन्धी विधेयक टुंग्याउन गठित कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुंग्याउने काम सकारात्मक रहेको बताउनुभएको हो । उहाँले यस कामलाई नयाँ सरकार गठन भएपछिको राम्रो कामका रुपमा समेत चित्रण गर्नुभयो । उहाँले लामो समयदेखि छलफलमा रहेको र सहमतिको नजिक पुगेर पनि निस्कर्ष दिन कठिन भएको विषय अहिले टुंगिनु खुशीको कुरा भएको बताउनु भयो । उहाँले पीडितमैत्री बनाउँदै निस्कर्षमा पुर्‍याइनु अर्को राम्रो पक्ष भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा अहिले कार्यादलले एउटा समmदारीका साथ प्रतिवेदन बुझाएको छ । म कार्यदललाई विशेष रुपले धन्यवाद भन्न चाहन्छु । लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निस्कर्ष दिन कठिन भएको यो विषय अहिले जुन मेहनत र स्पिरिटका साथ कार्यदलले मान्य गृहमन्त्री रमेश लेखकले भनेको जस्तो अरुको पनि सहयोग लिएर धेरै छलफल गरेर पीडितमैत्री बनाउँदै निस्कर्षमा पुर्‍याइएको छ । यो राजनीतिक नेतृत्वका लागि मात्रै होइन, शान्ति स्थिरताको पक्षमा रहेका नागरिकको लागि खुशीको कुरा हो । नयाँ सरकार गठन भएपछिको यसलाई एउटा राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चाहन्छु ।’

अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई अब ढिलो गर्नु हुँदैन भन्ने लक्ष्यका साथ कार्यदल बनाएको बताउनु भयो । उहाँले कार्यदलले धेरै मेहनत गरी निस्कर्षमा पुयाएको बताउनु भयो । अब वैधानिक प्रक्रियाबाट संसदको समिति र संसदमा चालु अधिवेशनबाटै टुंग्याउन आग्रह गर्नुभयो ।