१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

पार्टी निर्माणको अभियानमा जुट्न अध्यक्ष ओलीको निर्देशन

पार्टी निर्माणको अभियानमा जुट्न अध्यक्ष ओलीको निर्देशन
file photo
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले यतिबेला पार्टी निर्माणको महत्त्वपूर्ण चरणमा प्रवेश गरेको बताउनुभएको छ ।

मंगलबार अन्तरपार्टी निर्देशन (अपानी)–१० जारी गर्दै ओलीले नेता कार्यकर्तालाई पार्टी निर्माणको अभियानमा जुट्न निर्देशन दिनुभएको छ छ ।

ओलीले पार्टीलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गर्ने काममा लाग्न निर्देश गर्नुभएको छ । ‘यतिबेला हामी पार्टी निर्माणको महत्त्वपूर्ण चरणमा प्रवेश गरेका छौँ, नेकपा (एमाले) र नेपाली कांग्रेसका बिचमा भएको ७ बुँदे सहमतिबाट जनतामा नयाँ प्रकारको आशाको सञ्चार भएको छु, पार्टी अध्यक्ष ओलीले जारी गर्नु भएको अपानिमा उल्लेख छ ।

पार्टी अध्यक्षको नेतृत्वको सरकारले समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षाअनुरूप विकास र समृद्धिका कामहरूलाई योजनाबद्ध रूपमा अघि बढाउन सुरु गरेको अपानिमा उल्लेख छ । ‘नयाँ सत्ता समीकरण निर्माण भएसँगै सातवटै प्रदेशमा पार्टीको सहभागितामा प्रदेश सरकार गठन भएका छन् वा गठनको प्रक्रियामा छन्, स्थानीय तहमा पनि हाम्रो पार्टीको उल्लेख्य सहभागिता र नेतृत्वसमेत छ’, अपानिमा लेखिएको छ ।

केन्द्र र प्रदेश सरकारमा महत्त्वपूर्ण सहभागिताले स्थानीय तहको काममा समेत अनुकूलता प्राप्त भएको पार्टीको अपानिमा लेखिएको छ । ‘अब मिसन ०८४ लाई मध्यनजर गर्दै तीनै तहका जनप्रतिधरिको कामलाई योजनाबद्ध रूपमा अघि बढाउनु पर्दछ’, निर्देशनमा उल्लेख छ ।
राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले पार्टीलाई बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने सङ्कल्प गरेको स्मरण गराउँदै पार्टीको समग्र कामलाई पनि सोही उद्देश्यअनुरूप अघि बढाउनु पर्ने निर्देशनमा उल्लेख छ ।

‘स्थानीय कमिटीका अधिवेशनहरू सम्पन्न भएसँगै अब सिङ्गो पार्टीको ध्यान निर्णायक राष्ट्रिय शक्ति निर्माणको सङ्कल्प पुरा गर्ने दिशामा केन्द्रित हुनुपर्दछ, म सम्पूर्ण कमरेडहरूलाई आत्मविश्वासका साथ त्यस दिशामा क्रियाशील हुनु अनुरोध गर्दछु’, ओलीले जारी गर्नुभएको अपानिमा लेखिएको छ ।