• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

शेख हसिनाले बंगलादेश छाडेर भारत आएपछि के भन्छिन् कंगना ?



एजेन्सी । बंगलादेशमा जारी हिंसाका बीच शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिएर आफ्नो देश छोडेर भारत पुगेकी छिन् ।

हिमाचल प्रदेशको मण्डीकी अभिनेत्री तथा भाजपा सांसद कंगना रनावतले शेख हसिनाले भारतमा सुरक्षित महसुस गरेकोमा आफूलाई सम्मानित भएको बताइन् । ‘मुस्लिम देशहरूमा कोही पनि सुरक्षित छैनन् ।’ उनले भनिन् ।

कंगना रनावतले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हामी वरपर रहेका सबै इस्लामिक गणतन्त्रहरूको मूल मातृभूमि भारत हो । बंगलादेशका प्रधानमन्त्रीले भारतमा सुरक्षित महसुस गरेकोमा हामी सम्मानित र खुसी छौं ।’

कंगनाले थप लेखिन्– ‘मुस्लिम देशहरूमा कोही पनि सुरक्षित छैनन्, मुस्लिमहरू पनि सुरक्षित छैनन् । अफगानिस्तान, पाकिस्तान, बंगलादेश र बेलायतमा जे भइरहेको छ त्यो दुर्भाग्यपूर्ण छ । हामी भाग्यमानी छौं कि हामी रामराज्यमा बाँचिरहेका छौं ।