१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

छाला उद्योगको दुर्गन्धले बिरामी हुन थालेपछि स्थानीय आन्दोलित



अ+ अ-

धरान । सुनसरीको दुहबी नगरपालिका–६ मा सञ्चालित दुईवटा छाला उद्योगबाट निस्कने दुर्गन्धले बिरामी पर्न थालेपछि स्थानीयवासी आन्दोलित बनेका छन् ।

यहाँ सञ्चालित युनाइटेड टेनराइज र एसियन लेदर उद्योगबाट निस्कने दुर्गन्धले बस्तीबाटै विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थानीयहरु उद्योगविरुद्ध आन्दोलित बनेका हुन् । छाला प्रशोधन तथा भण्डारण उपयुक्त नभएकाले ती उद्योगबाट वरिपरिका बस्तीमा दुर्गन्ध फैलिने गरेको स्थानीय कुन्दन पासवानले बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योगले त्यहाँबाट निस्कने फोहरको ढल नजिकै रहेको बूढी खोलामा मिसाउने गरेको छभने राँगा तथा भैँसीको छाला उद्योग कम्पाउन्डमै खुल्ला सुकाउँदा दुर्गन्ध फैलिने गरेको छ ।”

उद्योगबाट निस्कने दुर्गन्धले घरमा पाहुना आउन नमान्ने अर्का स्थानीय मोहम्मद सलमानले बताउनुभयो । प्रदूषण फैलाउने कारखाना बन्द गराउन माग गर्दै आन्दोलित स्थानीयले सम्बन्धित निकायहरुमा उजुरी दिएका छन् । दुहबी नगरपालिकाको न्यायिक समितिमा स्थानीयले दिएको उजुरीपछि उपप्रमुख सहितको टोलीले आज उद्योगको अनुगमन गरेको नगर उपप्रमुख मेनुका पोखरेल खतिवडाले बताउनुभयो ।  अनुगमनका क्रममा दुर्गन्धित रूपमा सञ्चालित उद्योग मापदण्ड विपरीत पाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उद्योग लापरबाही किसिमले सञ्चालनमा रहेछ । दुर्गन्ध फैलिएर स्थानीय आजित बनेकाले कारबाही गर्नुको विकल्प छैन ।” उद्योगमा ताला लगाउने अधिकार स्थानीय तहलाई नभएकाले माथिल्लो निकायमा समन्वय गर्ने उहाँको भनाइ छ । अनुगमनका क्रममा उद्योग सञ्चालकलाई भेट्न नसकिएको र अहिलेसम्म सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।

उद्योगको कागजपत्र समेत चुस्त दुरुस्त नराखिएको तथा नवीकरण र कर समेत नतिरेकाले सञ्चालकलाई कार्यालयमा आउन निर्देशन दिएको उपप्रमुख खतिवडाले बताउनुभयो । २० वर्षदेखि सञ्चालनमा रहेका ती उद्योग बीचमा बन्द हँुदै फेरि सञ्चालनमा ल्याउने गरेको सुनसरी दुहबी–६ का वडाअध्यक्ष घनश्याम हलुवाईले बताउनुभयो । विगतमा पनि मापदण्डविपरीत सञ्चालन गरेकाले ती उद्योगलाई जरिवाना गरिएको थियो । रासस