१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

कञ्चनपुरमा भएको अति भारी वर्षाका कारण ‘तराई क्लाउडब्रष्ट’

कञ्चनपुरमा भएको अति भारी वर्षाका कारण ‘तराई क्लाउडब्रष्ट’
अ अ+ अ-

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले गत असार २३ गते कञ्चनपुरलगायत क्षेत्रमा भएको अति भारी वर्षाको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।

विभागले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो वर्षाको प्रणालीहरुको सम्मिश्रण प्रक्रिया तथा वर्षाको परिमाणका आधारमा उक्त मौसमी घटनालाई ‘तराई क्लाउडब्रष्ट’ नामाकरण गरिएको छ ।

विभागले जिल्लाका दोधारा, हनुमान नगर र सुन्दरपुरमा जडित स्वचालित वर्षा मापन उपकरणहरुको स्थलगत परीक्षण गरी दोधारा र हनुमान नगर हावापानी केन्द्रमा जडित उपकरणको कार्य अवस्था मापदण्ड भित्रै रहेको र प्राप्त तथ्याङ्क सही रहेको उल्लेख गरेको छ ।

तथापि सुन्दरपुर केन्द्रमा जडित उपकरणबाट हाल प्राप्त भएको तथ्याङ्क विभागको मापदण्डभन्दा फरक देखिएकाले थप अध्ययन गर्नुपर्ने स्थलगत परीक्षण टोलीले पेस गरेको विभागको प्रतिवेदनको सारांशमा उल्लेख छ ।

गत असार २३ गते राति २२:०५ देखि २३:०५ बजेसम्म एक घण्टाको अवधिमा हनुमान नगरमा एक सय दुई मिलिमीटर वर्षा मापन भएको थियो । उक्त क्षेत्रमा सतही, मध्य र उपल्लो वायुमण्डलमा मनसुनी र पश्चिमीवायुमा विकास भएको न्यूनचापीय प्रणालीहरुको सम्मिश्रणका कारण अत्यधिक वर्षा भएको अध्ययनबाट देखिएको विभागका प्रवक्ता सुनिल पोखरेलले जानकारी दिनुभयो ।

सर्वाधिक वर्षाका कारण कञ्चनपुरका समथर भू–भागहरु डुबानमा परेको तथा विभिन्न नदीनालामा बाढी समेत आई क्षति भएको थियो । असार २५ गते बिहान ६:१५ बजेको स्याटलाइट तस्बिरको विश्लेषण गर्दा कञ्चनपुरको करिब ९८ वर्ग किलोमिटर क्षेत्रफल ९कुल क्षेत्रफलको करिब छ प्रतिशत० भू–भाग डुबानमा परेको थियो । जसमध्ये करिब ८५ वर्ग किमी कृषियोग्य भू–भाग रहेको तथा स–साना संरचनाहरू समेत गरी करिब १४ हजार भवन प्रभावित भएका थिए ।

नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षाको घटनामा तुलनात्मक रुपमा कम क्षति भएको विवरणहरु स्थलगत भ्रमणका क्रममा गरिएका अन्तरक्रिया तथा अन्य स्रोतबाट प्राप्त भएको छ । यसरी क्षति न्यूनीकरण हुनुमा विभागबाट समयमै प्रवाह गरिएको विशेष बुलेटिनहरु, प्रभावमा आधारित मौसम पूर्वानुमान, ‘मास एसएमएस’ सेवा तथा सो अनुरुप पर्याप्त पूर्वतयारी र पूर्वकार्य एवं प्रभावकारी खोज तथा उद्धारको प्रमुख भूमिका रहेको प्रतिवेदनको निष्कर्ष छ ।

जलवायु परिवर्तनका कारण यस्ता विषम जल तथा मौसमी घटनाहरु बढ्दै जाने हुँदा विपद्को जोखिम न्यूनीकरण गर्न पूर्वानुमान तथा पूर्वतयारीलगायतका उपरोक्त क्षेत्रहरुमा लगानी बढाउँदै जानु आवश्यक रहेको प्रतिवदेनको सुझाव छ । रासस