२४ भाद्र २०८३, बुधबार
,
Latest
‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात पदाधिकारी नियुक्त खोलाले बगाएका किशोर मृत फेला रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारी वर्षासँगै काठमाडौँमा अत्यधिक ट्राफिक जाम



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । मनसुन पुन: सक्रिय भएसँगै काठमाडौँ उपत्यकामा रातिदेखि नै वर्षा भईरहेको छ । भारी वर्षाका कारण यहाँँको ट्राफिक व्यवस्थापन अस्तव्यस्तत भएको छ ।

सडकमा पानी जमेका कारण माइतीघर, बबरमहल, भद्रकाली, थापाथली, बालाजु र त्रिपुरेश्वर क्षेत्रमा अत्यधिक ट्राफिक जाम भएको छ ।

लैनचोरबाट केशरमहलतर्फको सडक र माइतीघरबाट भद्रकाली तर्फ जाने सडकमा पानी बगिरहेको छ । त्रिपुरेश्वर सडकमा पनि पानी जमेपछि कालीमाटीबाट त्यसतर्फ आउने सवारीमा चाप परेको छ ।

पानी जमेको ठाउँमा सवारीको फ्लो राम्रो हुन नसकेको कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले बताए ।

यस्तै, भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेको छ । नदी तथा खोलामा पानीको वहाबसँगै जोखिम बढेको छ । खोला किनारका सडक जलमग्न हुँदा पनि मूल सडकमा सवारी चाप बढेको हो।