• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

युवा पुस्तामा नकारात्मक भावना बढ्दै गयो: खेलकुदमन्त्री चौधरी



काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा पुस्तामा नकारात्मक भावना बढ्दै गएको बताउनुभएको छ ।

मंगलवार नेपाल स्काउटको आयोजनामा भएको दीक्षान्त समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्काउटको भुमिका र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको पनि उल्लेख गर्नुभयो । उहाँले सात लाख स्काउट सदस्य बनाउने लक्ष्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने बताउनु भयो । उहाँले स्काउटको स्तरोवृद्धिका लागि आवश्यक परे ऐन संशोधन गर्न सकिने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘देश संघीयतामा गएको छ । स्काउटको भुमिका र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ । सामाजिक न्यायहरु हराउँदै गइरहेको छ । बालबालिकाहरुमा राम्रो प्रवृत्ति युवाहरुमा बिस्तारै खस्किँदै गइरहेको छ । स्काउटको जुन उद्देश्य छ, आज विश्वमा १७६ वटा देशमा १७० वर्ष भइसकेको छ । केही वर्षपछि हामीले पनि सय वर्ष मनाउँछौँ ।

अहिले स्काउटमा १ लाख २८ हजार हुनुहुन्छ । अब सात लाखको जुन टार्गेट छ, युवा तथा खेलकुद मन्त्रालयले के नीति परिवर्तन गर्दा हुन्छ, हामी गर्नेछौँ । अहिले २०५० सालको ऐन छ, २०७५ सालमा केही ऐनहरु संशोधन भएको छ । अहिले पनि केही कुराहरु संशोधनका लागि मन्त्रालयमा पुगेको छ । त्यसमा सानो सल्लाह गर्न सकिन्छ । यो सामाजिक संस्था हो, यसले शैक्षिक र सामाजिक आन्दोलनमा अहं भुमिका खेल्छ । चरित्र निर्माणमा निकै राम्रो भुमिका खेल्छ । स्काउटलाई ७५३ वटै स्थानीय तहमा पुर्‍याउनसके राम्रो हुनेछ ।’

मन्त्री चौधरीले सरकारले आर्थिक, सामाजिक र ऐनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।