७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशको सन्देश: विभेदकारी आरक्षणको विषयमा पुन: विचार गरौँ- राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विभेदकारी आरक्षणको विषयमा पुन: विचार गर्न आग्रह गर्नुभएको छ ।

सामाजिक संजालमा स्टाटस राख्दै अध्यक्ष लिङदेनले हाम्रै देशमा पनि लागू गरिएको कतिपय विभेदकारी आरक्षणको विषयमा प्रश्न उठाउँदै आएको स्मरण गराउदै सबैलाई बेलैमा चेतना होस् भन्नुभएको छ ।

उहाँले लेख्नुभएको छ:

आफूले प्राप्त गरेको जनमतलाई ठिक ढङ्गले बुझ्न नसकेर मैले जे गर्दा पनि हुन्छ भन्ने उन्माद या आग्रहमा आएर नेतृत्वबाट आफ्ना मात्रैको हितका लागि विभेदकारी निर्णयहरू हुन्छन् भने जनताले प्रतिवाद गर्छन् भन्ने ज्वलन्त उदाहरण हो बंगलादेश ।
मैले वर्षौंबाट हाम्रै देशमा पनि लागू गरिएको कतिपय विभेदकारी आरक्षणको विषयमा प्रश्न उठाउँदै आएको छु। सबैलाई चेतना होस्।