२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले माल्दिभ्सलाई हरायो, सेमिफाइनलमा इरानसँग खेल्ने



अ+ अ-

काठमाडौं । काभा महिला नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराएको छ ।

सोमबार राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा नेपालले माल्दिभ्सलाई २५–८, २५–१९ र २५–१८ ले हराएको हो ।

यसअघि नै सेमिफाइनल फाइनल पुगिसकेको नेपाल लिगको उपविजेता बनेको छ ।

४ खेलमा ३ जित र एक खेलमा हार बेहोरेको नेपाल ९ अंक सहित लिगमा दोस्रो भएको हो । अब नेपालले सेमिफाइनलमा तेस्रो स्थानमा रहेको इरानसँग खेल्नेछ। अर्को सेमिफाइनल खेलमा शीर्ष टोली भारतले चौथो स्थानमा रहेको श्रीलंकासँग खेल्नेछ।

भोलि हुने पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले भारतको सामना गर्नेछ। भने दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ।