१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रद्धा कपुरको ब्रेकअप !



अ+ अ-

एजेन्सी । ‘स्त्री २’ फेम अभिनेत्री श्रद्धा कपुरले इन्स्टाग्राममा प्रेमी राहुल मोदीलाई अनफलो गरेकी छिन् । यस्तो अवस्थामा श्रद्धा र राहुलको ब्रेकअप भएको खबर आएको छ ।

राहुल मात्र होइन, अभिनेत्रीले आफ्नी बहिनी, उनको प्रोडक्सन र कुकुरको पेजलाई पनि अनफलो गरेकी छिन् । तर, यसपछि पनि राहुलले श्रद्धालाई पछ्याइरहेका छन् ।

केही समयअघि श्रद्धाले आफ्नो सामाजिक सञ्जालमा तस्विर शेयर गरेकी थिइन् । यी तस्विरहरूमा उनी आर अक्षर भएको पेन्डेन्ट लगाएकी देखिएकी छिन् ।

यी तस्विरहरु बाहिर आएसँगै फ्यानहरुले उनले राहुल मोदीको नाम लेखिएको पेन्डेन्ट लगाएको अनुमान गरेका थिए ।

विगत केही दिनदेखि राहुल मोदीलाई श्रद्धाको ब्वायफ्रेन्ड भनिएको थियो । दुबै अनन्त–राधिकाको प्रि–वेडिङमा पनि सँगै देखिएका थिए ।

राहुल मोदी ‘तू झुठी मैं मक्कर’, ‘ प्यार का पंचनामा २’, ‘सोनू के टीटू की स्वीटी’ फिल्मका लेखक हुन् ।

कामको कुरा गर्ने हो भने, श्रद्धा छिट्टै फिल्म ‘स्त्री २’ मा देखिनेछिन् । कमेडी हरर फिल्ममा उनको साथमा पंकज त्रिपाठी र राजकुमार राव पनि रहनेछन् । यो फिल्म अगस्ट १५ मा रिलिज हुँदैछ ।