२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली विकट होइन, विराट छ: उपसभापति खड्का



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णाली विकट नभइ विराट रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा पुन: प्रदर्शनमा आउन लागेको चलचित्र बुलाकीको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कर्णाली पहिला विकट भएपनि अहिले विराट रहेको बताउनु भयो । उहाँले कर्णाली सभ्याता, श्रोत, साधनले भरिपूर्ण रहेको उल्लेख गर्दै मुलुकको सबै तहमा हस्तक्षेप गर्ने क्षमता अब कर्णाली प्रदेशमा रहेको बताउनु भयो । उहाँले कर्णालीको श्रोत साधनको उपयोग गरेर देशलाई पनि सम्पन्न बनाउनुपर्ने बताउनु भयो । उहाँले कर्णालीको कला, संस्कृति र सभ्यतालाई विश्वभर पुर्‍याउने क्रममा सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले कर्णालीमा प्रज्ञा प्रतिष्ठान बन्न नसकेको बारेमा आफू पनि अनविज्ञ रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जहाँसम्म कर्णालीको कुरा छ, कर्णालीलाई विकट भनिन्छ, कर्णालीलाई विराट भन्नुपर्ने बेला आउँदैछ । कर्णाली सभ्याता, श्रोत, साधन, मुलुकको सबै तहमा हस्तक्षेप गर्ने क्षमता अब कर्णाली छ । कर्णालीको श्रोत साधनको उपयोग गरेर १५ वर्ष भित्र हामी सिंगो मुलुकलाई कर्णालीको विराट श्रोत साधनबाट सम्पन्न देशलाई नै बनाउँदैछौँ । कर्णाली कुनै बेला विकट थियो, अब विराट छ ।’

अभिनेत्री सुरक्षा पन्तले कर्णाली समृद्ध ठाउँ भएको बताउनु भयो । उहाँले धर्म, संस्कृति, प्रकृति, जीवनशैलीले कर्णाली समृद्ध रहेको बताउनु भयो । कर्णाली सिनेमाका लागि अथाह सम्भावनाको क्षेत्र बन्नसक्ने बताउनु भयो । उहाँले कर्णालीको सुन्दरतालाई अहिलेसम्म पनि देखाउन र ल्याउन नसकिएको बताउनु भयो ।

कर्णालीको बारेमा नयाँ पुस्तालाई बुझाउन र चिनाउन सक्नुपर्ने बताउनु भयो ।