१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

कर्णाली विकट होइन, विराट छ: उपसभापति खड्का

कर्णाली विकट होइन, विराट छ: उपसभापति खड्का
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णाली विकट नभइ विराट रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा पुन: प्रदर्शनमा आउन लागेको चलचित्र बुलाकीको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कर्णाली पहिला विकट भएपनि अहिले विराट रहेको बताउनु भयो । उहाँले कर्णाली सभ्याता, श्रोत, साधनले भरिपूर्ण रहेको उल्लेख गर्दै मुलुकको सबै तहमा हस्तक्षेप गर्ने क्षमता अब कर्णाली प्रदेशमा रहेको बताउनु भयो । उहाँले कर्णालीको श्रोत साधनको उपयोग गरेर देशलाई पनि सम्पन्न बनाउनुपर्ने बताउनु भयो । उहाँले कर्णालीको कला, संस्कृति र सभ्यतालाई विश्वभर पुर्‍याउने क्रममा सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले कर्णालीमा प्रज्ञा प्रतिष्ठान बन्न नसकेको बारेमा आफू पनि अनविज्ञ रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जहाँसम्म कर्णालीको कुरा छ, कर्णालीलाई विकट भनिन्छ, कर्णालीलाई विराट भन्नुपर्ने बेला आउँदैछ । कर्णाली सभ्याता, श्रोत, साधन, मुलुकको सबै तहमा हस्तक्षेप गर्ने क्षमता अब कर्णाली छ । कर्णालीको श्रोत साधनको उपयोग गरेर १५ वर्ष भित्र हामी सिंगो मुलुकलाई कर्णालीको विराट श्रोत साधनबाट सम्पन्न देशलाई नै बनाउँदैछौँ । कर्णाली कुनै बेला विकट थियो, अब विराट छ ।’

अभिनेत्री सुरक्षा पन्तले कर्णाली समृद्ध ठाउँ भएको बताउनु भयो । उहाँले धर्म, संस्कृति, प्रकृति, जीवनशैलीले कर्णाली समृद्ध रहेको बताउनु भयो । कर्णाली सिनेमाका लागि अथाह सम्भावनाको क्षेत्र बन्नसक्ने बताउनु भयो । उहाँले कर्णालीको सुन्दरतालाई अहिलेसम्म पनि देखाउन र ल्याउन नसकिएको बताउनु भयो ।

कर्णालीको बारेमा नयाँ पुस्तालाई बुझाउन र चिनाउन सक्नुपर्ने बताउनु भयो ।