२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचनः आज राती १२ बजेबाट मौनावधि सुरु हुँदै



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत आज (आईतबार) राती १२ बजेबाट मौनावधि शुरु हुने भएको छ । 

निर्वाचन आायेगले माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि आईतबार राती १२ बजेबाट मौनावधि शुरु हुने जानकारी गराएको हो । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका सहसचिव तथा सहप्रवक्ता कोमलप्रसाद धमलाले मौनावधि एउटा नैतिक बन्धन र कानूनी हतियार भएकोले आयोगले निर्वाचनको आचारसंहीता सार्वजनिक गरेको बताउनु भयो । 

उहाँले यस समयमा निर्वाचनको मतदान हुने तीन सय वरपरको स्थानमा भएका पर्चा, पम्प्लेट र पोस्टरहरु हटाइनु पर्ने बताउनु भयो । सहसचिव धमलाले आजबाट विभिन्न सामाजिक सञ्जालबाट प्रचारप्रसार एवं प्रकाशनका कामहरु गर्न बन्द भएको बताउनु भयो । उहाँले राष्ट्रियसभा निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी सकिसकेको बताउनु भयो ।

सहसचिव धमलाले भन्नुभयो, ‘निर्वाचन सञ्चालन गर्न आचारसंहीता भन्ने एउटा नियम हो । यो एउटा नैतिक बन्धन हो र सँगै एउटा कानूनि हतियार पनि हो । कुनै पनि निर्वाचनमा निर्वाचन आचारसंहीता लागू हुन्छ । तथापि अहिलेको राष्ट्रियसभाको निर्वाचन आम मतदाताहरु संलग्न नहुने, सहभागी नहुने र प्रचारप्रसार इत्यादिको हिसावले पनि त्यो पैमानामा नहुने भएकोले आचारसंहीता उल्लंघन भएका घटनाहरु न त उजुरी नै आएका छन् न त आउने परिस्थती पनि छ जस्तो लाग्दैन । 

झन अहिले त कोभिडको कारणले गर्दा जमघट, भेला हुने कुरा डिस्करेज हुने भइरहेको छ । तथापि आयोगले निर्वाचन हो, निर्वाचनमा आचारसंहीता लागू गर्नुपर्छ, भन्ने हिसावले यो आचारसंहीता लागू भएको छ । आज (आईतबार) राती १२ बजेबाट आचारसंहीताको मौन अवधि शुरु हुन्छ । मौन अवधिमा अरु कुराका अतिरिक्त, सबै प्रचारप्रसार कार्यहरु बन्द गर्नुपर्छ । निर्वाचनको मतदान हुने ठाउँको ३ सय मिटर वरिपरि केही पर्चा, पोस्टर, पम्प्लेटहरु त्यस्तो टाँसेका छन् भने हटाउनु पर्छ । त्यो मौन अवधिमा जस्ते एसएमएस गर्ने, फेसबुकबाट, भाइबर, ट्वीटर इत्यादिबाट सोसल मिडियाको प्रयोग गरेर जुन प्रचरप्रसार गर्ने कुराहरु हुन्छन् ती कुराहरु सबै बन्द गर्नुपर्ने हुन्छ । र राजनीतिक दलको, उम्मेदवारको, प्रचारप्रसार गर्ने र खास गरी प्रकाशन गर्ने पेपरहरुले पनि त्यो गर्न मिल्दैन । अरु कुराको अतिरिक्त, अरु गर्नु नहुने कुरा त छँदैछन् । 

मौनअवधि शुरु भएपछि यी कुराहरु गर्न मिल्दैन । निर्वाचन आयोगले आफ्ना सबै तयारीहरु पूरा गरेको छ । मतपत्रहरु सम्बन्धित निर्वाचन अधिकृतसँग पुगेको छ । कर्मचारीहरु खटिसक्नु भएको छ । कोभिडको संक्रमण बढ्दै गरेको पिक टाइममा निर्वाचन हुँदैछ, त्यसमा उच्च शतर्कता अपनाउनु पर्ने हुन्छ ।  त्यसरी चुनाव गर्नका लागि आयोगले २१ बुँदे स्वास्थ्यका मापदण्डसम्बन्धी निर्देशनहरु पठाएको छ । त्यसअनुसार अनुशासित र सुव्यवस्थित नमुना योग्य निर्वाचन हुने विश्वास हामीले गरेका छौँ ।’

सहसचिव धमलाले राष्ट्रियसभाको निर्वाचनमा आयोगले निर्देशित गरेका २१ बूँदे स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरिने र निर्वाचन अनुशासित र सुव्यवस्थित ढंगले सम्पन्न हुने बताउनु भयो ।