४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शेख हसिनाको राजीनामा, सेनाले अन्तरिम सरकार बनाउने



अ+ अ-

काठमाडौँ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनले हिंसात्मक रुप लिएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएकी छन् ।

सेना प्रमुख जनरल वकार–उज–जमानले यसको पुष्टि गरेका छन् । ढाकामा पत्रकार सम्मेलन गर्दै उनले अब सेनाले अन्तरिम सरकार बनाउने बताए । अर्कोतर्फ ढाकामा स्थिति नियन्त्रण बाहिर छ । सेना प्रमुखले जनतालाई शान्ति कायम गर्न अपिल गरेका छन् । स्थिति नियन्त्रणमा ल्याउने बताए ।

सेना प्रमुख जनरल जमानले हत्याको न्याय दिइने बताएका छन् । ‘हामीले सबै दलसँग कुरा गर्यौं । हामीबीच राम्रो कुराकानी भयो । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अब हामी सरकार बनाउँछौ, अन्तरिम सरकार । सम्पत्ति नोक्सान भइरहेको छ । मलाई जिम्मेवारी दिनुहोस्, म सबै काम गर्छु ।’ उनले भने ।

करिब ४ लाख मानिस सडकमा छन् । राजधानीका विभिन्न स्थानमा तोडफोड भइरहेको छ । प्रधानमन्त्री शेख हसिना प्रधानमन्त्री निवासबाट निस्किएकी छन् ।

समाचार एजेन्सी एएफपीले स्रोतलाई उद्धृत गर्दै प्रधानमन्त्री ढाका छोडेर सुरक्षित स्थानमा सरेको जनाएको छ । उनकी बहिनी रेहाना पनि उनीसँगै छिन् ।

यसै क्रममा हसिना सैन्य हेलिकप्टरबाट भारत पुगेको केही मिडिया रिपोर्टमा दाबी गरिएको छ । उनी पश्चिम बंगालमा रहेको खबर छ । तर, यो पुष्टि हुन सकेको छैन ।