२१ असार २०८३, आईतवार
,
Latest
अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम हामीलाई भूराजनीतिक संघर्षले निरिह बनायोः संयोजक दाहाल कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी छानीवन समितिले पीडक पक्षसँग पनि छलफल गर्ने



अ+ अ-

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा छानवीन गर्न गठित विशेष संसदीय समितिले सहकारी ठगीका पीडक पक्षसँग पनि छलफल गर्ने भएको छ ।

सोमवार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सहकारी ठगी प्रकरणका पीडक पक्षसँग छलफल गर्ने निर्णय गरेको हो । समितिले विभिन्न जेलमा रहेका सम्बन्धित पीडकहरुलाई आवश्यक छलफल गर्नका लागि समितिमा उपस्थित गराउनका लागि गृह मन्त्रालयलाई आग्रह गरिएको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिनुभयो । उहाँले समिति निष्कर्षोन्मुख रहेको भन्दै अन्तिममा पीडकहरुसँग छलफल गरेर निर्णय प्रक्रियामा जाने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘करिब करिब हामी निष्कर्षतिर जान खोज्दैछौँ । पर्याप्त सुझावहरु हामीले लिइसकेका छौँ । प्रमाणहरु पनि जुटाइसकेका छौँ । अब जे–जे जुटेका छन् ति प्राप्त प्रमाणहरु र सुझावहरुका आधारमा हामीले प्रतिवेदन तयार गर्ने प्रक्रियाको शुरुवात गर्न लागेका छौँ आजबाट । अब पीडक पक्षसँग छलफल गर्न बाँकी छ । पीडक पक्षसँग पनि छलफल गर्ने जो विभिन्न जेलहरुमा छन्, विदेशमा छन् । गृहमन्त्रालयलाई आदेश पनि दिइसकेका छौँ कि हामीले, पीडकहरु जो छलफल गर्नका लागि आवश्यक छन् । ति सम्बन्धित पीडकहरुलाई समितिको कार्यालयमा उपस्थित गराउने भनेर आज हामीले एउटा निर्णय गरेका छौँ । अब अन्तिम पीडकहरुसँग छलफल गरिन्छ । त्यसपछि निर्णय प्रक्रियामा गइन्छ ।’

उहाँले समितिले प्राप्त गरेको प्रमाण र सुझावहरुको आधारमा प्रतिवेदन तयार गर्न शुरु गरिएको बताउनु भयो ।