५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु हो: कानूनमन्त्री चौरसिया



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने बताउनुभएको छ ।

सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याइने बताउनुभएको हो ।

उहाँले १८ वर्षदेखि अल्झिएको संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख दलहरुका बीचमा सहमती जुटेको भन्दै अहिले प्रतिवेदन तयार गरिरहेको बताउनु भयो । उहाँले प्रतिवेदन तयार भइसकेपछि शिर्ष नेताहरुलाई देखाएर संसदमा पेश गरिने बताउनुभयो । उहाँले संसदबाट सर्वसम्मत रुपमा पारित गर्नेगरी शिर्ष नेताहरुले सम्बोधन गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘टिआरसीमा १८ वर्षदेखि सहमती हुन नसकेको विषयमा सबै पार्टीका प्रमुख सचेतकहरु, गृहमन्त्रीको विशेष पहलमा एमालेका प्रमुख सचेतक, जनार्दन शर्माको विशेष पहलमा यो सहमती भएको छ । त्यसले एउटा कोसेढुंगाको रुपमा यो देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने छ । प्रतिवेदन तयार हुँदैछ । चाँडै प्रतिवेदन नेताहरुलाई देखाएर संसदमा पेश गर्ने । संसदमा सबै पार्टीका शीर्ष नेताहरुले त्यस सम्बन्धमा सर्वसम्मतिले पास गर्नेगरी सम्बोधन पनि गर्नु हुनेछ । पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने हो । देशमा सुशासन कामय गर्ने । र समृद्धितर्फ देशलाई अगाडी बढाउने यिनै हुन सरकारका प्रमुख कार्यहरु ।’

मन्त्री चौरसियाले सरकारको पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु रहेको बताउनु भयो । त्यस्तै देशमा सुशासन कायम गर्नु र समृद्धितर्फ देशलाई अगाडी बढाउनु सरकारको प्रमुख कामहरु रहेको उहाँले उल्लेख गर्नुभयो ।