९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लेखकको पहलपछि गड्डाचौकीमा पर्यटक आवागमन सहज



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको पहलपछि कञ्चनपुरको गड्डाचौकी नाकामा तेस्रो मुलुकका पर्यटकलाई आवागमनमा सहज भएको छ ।

गृहमन्त्री लेखकले पदभार ग्रहण गरेपछि यही साउन पहिलो साता मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको थियो । कोरोना महामारीको कहरपछि भारतसँग जाडिएका नाकाबाट भारत प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाएर पूर्ववत अवस्थामा फर्काउने विषयमा गृहमन्त्री लेखक र राजदूत श्रीवास्तवबीच छलफल भएको थियो ।

मन्त्री लेखक र राजदूत श्रीवास्तबीच भएको सो छलफल पछि यही साउन १५ गतेदेखि भारतीय पक्षले उक्त अवरोध हटाएर तेस्रो मुलुकका पर्यटकलाई भारत प्रवेशमा सहज गरेको गड्डाचौकीस्थित अध्यागमन कार्यालयका प्रमुख पदमराज भट्टले जानकारी दिनुभयो ।

“साउन १५ गतेयता हालसम्म सात विदेशी पर्यटक यो नाका भएर भारत प्रस्थान गरेका छन्,” उहाँले भन्नुभयो । कोरोना महामारीका बेला सन् २०२१ डिसेम्बर १० तारिखदेखि भारतले नेपलको गड्डाचौकी नाका भएर विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको थियो । विदेशी पर्यटकलाई गड्डाचौकी नाका हँुदै निर्वाधरुपमा भारत जान दिन तीन वर्षदेखि कञ्चनपुरका सरोकारवाल निकाय र नीजि क्षेत्रले पटक–पटक सरकारसँग माग गर्दैआएका थिए ।

“पर्यटकलाई भारत जान अब सहज गरिएको छ,” प्रमुख भट्टले भन्नुभयो । उहाँका अनुसार गड्डाचौकी नाकाहँुँदै वार्षिक झण्डै तीन हजारको हाराहारीमा विदेशी पर्यटक आवत जावत गर्न गर्छन । कोरोना महामारीपछि भारतीय पक्षले बाह्य पर्यटकलाई आफ्नो देशमा आवतजावत गर्न नदिँदा पर्यटकले विभिन्न समस्या भोग्दै आएका थिए । रासस