१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

घाँसको झाडीमा राष्ट्रिय विभूतिको सालिक

घाँसको झाडीमा राष्ट्रिय विभूतिको सालिक
अ अ+ अ-

गण्डकी । गत वर्ष साउन २६ गते पोखरा महानगरपालिकाको अगुवाइमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले पोखराका सडक र चोकमा रहेका सालिक व्यवस्थापन तथा स्थानान्तरण गर्ने निर्णय गर्‍यो । महानगरमा क्रियाशील राजनीतिक दल, सरकारी निकाय तथा सरोकार भएका सङ्घ संस्थाहरुसँगको समन्वयमा एक महिनाभित्र सालिक व्यवस्थापन गर्ने भनिएकामा वर्षदिनसम्म पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन ।

पर्यटकीय राजधानीसमेत रहेको पोखराका मुख्य–मुख्य चोक र सडकमा राष्ट्रिय विभूतिदेखि साहित्यकारसम्मका सालिक ठडिएका छन् । सडक सुरक्षासँगै बढ्दो जनघनत्व, सवारी चाप र सहरी सौन्दर्यलाई दृष्टिगत गरी सालिकलाई स–सम्मान पोखरा महानगरपालिका–१८ स्थित सहिद तथा विभूति उद्यानमा स्थानान्तरण तथा व्यवस्थापन गर्ने निर्णय गरिएको थियो । स्थानान्तरण हुनु त परै जाओस् रेखदेख र संरक्षणसमेत नहुँदा केही सालिक बेवारिसे अवस्थामा पुगेका छन् ।

पोखरा–१० अमरसिंहचोकमा रहेको राष्ट्रिय विभूति अमरसिंह थापाको सालिक त्यसकै एक उदाहरण बनेको छ । काठमाडौँ–पोखरा जोड्ने पृथ्वी राजमार्गको मुख्य चोकमा अवस्थित उक्त सालिकको दुरावस्थाले मानिसलाई नै गिज्याएको अनुभूति हुन्छ । राष्ट्रिय विभूतिको सम्मानमा राखिएको सालिकमाथि उल्टो अपमान भइरहेको देखिन्छ । घाँसको झाडीभित्र फुङ्ग अडेको अमरसिंहको सालिकले महानगरले सालिक व्यवस्थापनमा देखाएको उदासीनतालाई झल्काउँछ ।

सालिक ठड्याइएको संरचना पनि जीर्ण अवस्थामा पगेको छ । सालिकको चारैतिर बर्खे घाँसले ढाकेको छ । सालिक वरपरको सडक पनि नाजुक अवस्थामा छ । बर्सातका बेला हिलाम्मे र खाल्डाखुल्डी भएको सडकबाट यात्रा गर्नुपर्ने बाध्यता छ । पोखरा–१० का वडाध्यक्ष राजेश गुरुङले पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहेकाले उक्त सालिकको चाँडो व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

“महानगरले गत वर्ष नै सडकमा रहेका सालिकलाई सहिद उद्यानमा लगेर व्यवस्थापन गर्ने निर्णय गरेको हो तर अहिलेसम्म सो कार्य अगाडि बढ्न सकेको छैन”, उहाँले भन्नुभयो, “यो विषयमा महानगर प्रमुखलगायतसँग कुरा राख्छु, अमरसिंहचोकसँगै महानगरभित्रका सबै सालिकको उचित व्यवस्थापन गर्नु आवश्यक छ ।”

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले दीर्घकालीन रुपमा सालिकको व्यवस्थापन गर्नु उचित हुने बताउनुभयो । “सालिक राखिएका संरचना नहुँदा सडक फराकिलो हुन्छ, व्यस्त चोकमा सालिकको सट्टा ट्राफिक आइल्यान्ड राख्न सकियो भने सवारी व्यवस्थापनमा पनि सहजता थपिन्छ”, उहाँले भन्नुभयो, “सालिक भएका कारण अहिलै नै ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भएको अवस्था नरहे पनि यसको दीर्घकालीन व्यवस्थापनमा भने महानगरले योजना बनाउनुपर्छ ।”

बढ्दो सवारी चाप र पार्किङ अभावका कारण पछिल्लो समय पोखराको ट्राफिक व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ । पोखरा–१ हरिचोकदेखि वडा नं २६ अर्घौंचोकसम्मको सडक क्षेत्रमा सालिक छन् । अधिकांश सालिक राजमार्गका मुख्य चोकमा अवस्थित रहेको प्रमुख शर्माले बताउनुभयो । “कतिपय ऐतिहासिक व्यक्तित्वहरुका सालिक रहेका ठाउँमा उनीहरुका जयन्तीलगायत कार्यक्रममा मानिसहरुको भीडभाड हुने हुँदा ट्राफिक व्यवस्थापनमा समस्या निम्तने गरेको छ”, उहाँले भन्नुभयो ।