१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

त्रिधार्मिकस्थल हलेसीमा डेढ करोड लगानीको हवन कुण्ड सञ्चालन

त्रिधार्मिकस्थल हलेसीमा डेढ करोड लगानीको हवन कुण्ड सञ्चालन
अ अ+ अ-

खोटाङ । त्रिधार्मिकस्थल हलेसीमा निर्माण गरिएको हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) सञ्चालनमा ल्याइएको छ । कोशी प्रदेश सरकारले उपलब्ध गराएको भ्याटसहित रु एक करोड ४४ लाख ८४ हजार चार सय ९० लगानीमा निर्माण गरिएका दुई हवन कुण्ड आजदेखि सञ्चालनमा ल्याइएको हो ।

गत वैशाख ४ गते सम्झौता गरेर निर्माण सुरु गरिएको हवन कुण्ड गत असार १६ गतेसम्ममा सम्पन्न गर्नेगरी वासु कन्स्ट्रक्सन एन्ड सप्लायर्स सोलुखुम्बुले ठेक्का लिएको थियो । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा हवन कुण्ड निर्माण गरेर सञ्चालनमा आएपछि पूजाआजा गर्ने भक्तजनलाई सहज भएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले बताउनुभयो ।

त्रिधार्मिकस्थल हलेसी गुफाको प्रमुख प्रवेशद्धारको बाँयापट्टि निर्माण गरिएको हवन कुण्ड कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सोमबार औपचारिक उद्घाटन गर्नुभयो । निवर्तमान मुख्यमन्त्री कार्कीले नवनिर्मित हवन कुण्डको शिलालेख वाचन गरेर, हवन कुण्डको प्रवेशद्वारमा राखिएको रिबन काटेर तथा हवन कुण्डमा पूजा गरेर औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो ।

औपचारिक उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्री कार्कीले त्रिधार्मिकस्थल हलेसी तीन धर्मको धार्मिक राजधानी भएको दाबी गर्नुभयो । “हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल भएको ठाउँ संसारमा कहीँ पनि छैन, हलेसी तीन धर्मको सङ्गमलस्थल भएकाले धार्मिक राजधानी हो”, उहाँले भन्नुभयो, “त्रिधार्मिकस्थल हलेसीसहित पूर्वका तीन धार्मिकस्थलको प्रवद्र्धन गर्न आफू नेतृत्वको प्रदेश सरकारले योजना बनाएको छ, प्रदेश सरकारले बनाएको योजनामा हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर पर्यटन पवद्र्धन गर्ने उद्देश्य राखिएको छ, यसै योजनाअन्तर्गत त्रिधार्मिकस्थल हलेसीमा कोशी प्रदेश सरकारको सहयोगमा हवन कुण्ड निर्माण गरिएको हो, यसले विश्वको ध्यान केन्द्रित गर्दछ ।”

गत असार २० गते नै निर्माण सम्पन्न भएको हवन कुण्ड वैशाख २२ गते निवर्तमान मुख्यमन्त्री कार्की आफैँले शिलान्यास गर्नुभएको थियो । भुइँ ढलान तथा फलामे ट्रस प्रयोग गरेर निर्माण गरिएको हवन कुण्ड तोकिएको समयभन्दा चार दिनपछि ठेकेदार कम्पनीले नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

धार्मिकरुपले मात्र नभई प्राकृतिकरुपले समेत विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ । विशाल चट्टान खोपिएर बनेको प्राकृतिक गुफा रहेको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासमा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारसँगै मन्दिर व्यवस्थापन समितिसमेत लागिपरेको छ ।

हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई लक्षित गर्दै मन्दिरभन्दा केहीमाथि दाँयापट्टि नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा सुविधायुक्त अतिथिगृह ९धर्मशाखा०समेत निर्माण गरिएको छ । आर्थिक वर्ष २०७६/७७ बाट निर्माण सुरु गरिएको अतिथिगृह सुरुमा सबै लगानी आयल निगमको हुने भनिएको थियो ।

आयल निगमबाट रु दुई करोडमात्र भुक्तानी भएपछि नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा रु दुई करोड ९६ लाख बजेट विनियोजन गरेर अतिथिगृहको भौतिक संरचना निर्माण सम्पन्न गरिएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । करिब रु पाँच करोड लगानीमा सम्पन्न हुने अतिथिगृहको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

यसैबीच, विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला सुरु भएको आज तेस्रो हप्ता अर्थात् तेस्रो ९सोमबार० पनि उत्तिकै मात्रामा गेरुवस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ । हलेसी मन्दिर ओहोरदोहोर गर्ने बाटोमा सामूहिकरुपमा ‘बोलबम’ शब्द उच्चारण गर्दै पूजाआजा गर्ने भक्तजन तथा दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै मात्रामा देखिएका छन् ।

साउनको पहिलो सोमबारदेखि सुरु भएको बोलबम मेलाको अवसरमा पैदल तथा यातायातका सवारी साधनमार्फत दर्शनार्थी तथा भक्तजनहरु हलेसी आउने गरेका छन् । हलेसीमा लागेको बोलबम मेलामा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुरधाम, झापा, विराटनगर, इलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक तथा भूटान, चीनको तिब्बतलगायत ठाउँबाट दर्शनार्थी एवं भक्तजन आएका छन् ।

हलेसीमा देश तथा विदेशबाट आएका हिन्दू धर्मावलम्बीहरुले नुहाएर व्रत बस्नाका साथै महादेव, पार्वती र गणेशलाई जल चढाएर पूजापाठ गर्ने प्रचलन रहेको हलेसी विकास समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ हलेसीमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएको जल चढाएर पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ ।

बोलबमको अवसरमा हलेसी आउने विवाहित महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुखसमृद्धिको कामना गर्दै तथा अविवाहित महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन छ । पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे मनोकाङ्क्षा पूरा हुने र सुख तथा शान्ति मिल्ने विश्वास छ ।

बोलबमको अवसरमा हलेसी आएका दर्शनार्थीका कारण अहिले हलेसीका साना तथा ठूला होटलहरु भरिभराउ भएका छन् । साउन लागेयता हलेसी र जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाराहापोखरीमा हरियो कपडा, चुरा र मेहेन्दीमा सजिएका महिला तथा रातो गेरु रङ्गको पहिरनमा सजिएका पुरुषको समेत घुइँचो लागेको छ । रासस