१८ भाद्र २०८३, बिहीबार
,
Latest
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायनाड पहिरो पीडितलाई चिरञ्जीवी र रामचरणले १ करोड रुपैयाँ सहयोग गरे



अ+ अ-

एजेन्सी । केरलाको वायनाडमा जुलाई २९ मा भारी वर्षापछि आएको पहिरोमा परी अहिलेसम्म ३६५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २०६ जना अझै बेपत्ता छन्, जसको खोजी भइरहेको छ ।

यसैबीच, साउथ स्टार चिरञ्जीवी र रामचरणले पनि केरलाको मुख्यमन्त्री राहत कोषमा पीडितलाई सहयोग गरेका छन् । उनीहरुले पीडितलाई १ करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

चिरञ्जीवीले हालै आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् –‘वायनाड त्रासदीका पीडितहरूप्रति मेरो समवेदना । रामचरण र मैले मिलेर केरलाको मुख्यमन्त्री राहत कोषमा पीडितहरूलाई सहयोग गर्न १ करोड रुपैयाँ दिने निर्णय गरेका छौं । मेरो प्रार्थना पीडामा बाँचिरहेका सबै पीडितहरूसँग छ ।’