• २४ भाद्र २०८१, सोमबार
  •      Mon Sep 9 2024
  •   Unicode
Logo

वायनाड पहिरो पीडितलाई चिरञ्जीवी र रामचरणले १ करोड रुपैयाँ सहयोग गरे



एजेन्सी । केरलाको वायनाडमा जुलाई २९ मा भारी वर्षापछि आएको पहिरोमा परी अहिलेसम्म ३६५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २०६ जना अझै बेपत्ता छन्, जसको खोजी भइरहेको छ ।

यसैबीच, साउथ स्टार चिरञ्जीवी र रामचरणले पनि केरलाको मुख्यमन्त्री राहत कोषमा पीडितलाई सहयोग गरेका छन् । उनीहरुले पीडितलाई १ करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

चिरञ्जीवीले हालै आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् –‘वायनाड त्रासदीका पीडितहरूप्रति मेरो समवेदना । रामचरण र मैले मिलेर केरलाको मुख्यमन्त्री राहत कोषमा पीडितहरूलाई सहयोग गर्न १ करोड रुपैयाँ दिने निर्णय गरेका छौं । मेरो प्रार्थना पीडामा बाँचिरहेका सबै पीडितहरूसँग छ ।’