• २४ भाद्र २०८१, सोमबार
  •      Mon Sep 9 2024
  •   Unicode
Logo

धादिङको गजुरीमा गुडिरहेको माइक्रोमाथि रुख ढल्यो



धादिङ । धादिङको गजुरीमा गुडिरहेको बसमाथि रुख ढलेको छ । गजुरी–५ जरेखोलामा पहिरोसहित आएको रुख गुडिरहेको माइक्रो बसमाथि ढलेको हो ।

उक्त दुर्घटनामा परी ७ जना घाइते भएका छन् । घाइतेहरूको उपचारका लागि गजुरी अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।

धादिङको सदरमुकाम धादिङबेसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रोमाथि रुख ढलेको हो ।