२४ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य तोलाको डेढ लाख पुग्यो



अ+ अ-

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको छ ।

आज तोलाको डेढ लाख पुग्दै सुनले नयाँ रेकर्ड बनाएको हो । अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेररेकर्ड बनाएको थियो ।

सोमबार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ५० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो उक्त सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी,सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी आईतबारकै मूल्यमा यथावत रहि प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।