१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

अर्थमन्त्रीको एक सूत्रीय अभियान: निजी क्षेत्रको परिचालन

अर्थमन्त्रीको एक सूत्रीय अभियान: निजी क्षेत्रको परिचालन
अ अ+ अ-

काठमाडौँ । पाँचौं पटक मुलुकको अर्थतन्त्रको ढुकुटीको साँचो हातमा लिनुभएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारमा निजी क्षेत्रको सहयोग खोज्नुभएको छ ।

मुलुकका दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेबीच सत्ता समिकरणपछि केपी शर्मा ओली नेतृत्वका सरकारमा २०८१ साल असार ३१ गते उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पौडेलले पाउनु भयो । अर्थ मन्त्रात्रलयको कार्यभार सम्हालेसँगै नयाँ आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयन गर्नुपर्ने चुनौति छ । नयाँ सत्ता समिकिरण बनेसँगै अर्थमन्त्रीमा पौडेलको चर्चासँगै दुई वर्ष सुस्त रहेको अर्थतन्त्रको ऐनको रुपमा हेरिएको पुँजीबजार एक्कासी माथि आयो ।

राजनीतिक अस्थिरता र नीतिगत असहजताको कारण मुलुकको अर्थतन्त्र संकटमा छ । सरकारले हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन नहुँदा समग्र निजी क्षेत्रको मनोबल घट्दै जाँदा व्यवसायीक वातावरण बिगँ्रदै गएको छ । अर्थमन्त्री पौडेललाई बिग्रेको अर्थतन्त्र, व्यवसायीक वातारण र खस्केको निजी क्षेत्रको मनोबल उकास्न चुनौति छ । मुलुकमा व्यवसायिक वातावरण बिग्रँदा माग र आपूर्ति समेतमा असन्तुलन देखिएको छ । आम नागरिकमा चरम निरासा छाएको अवस्था छ ।

अर्थमन्त्री पौडेललाई बिग्रेको अर्थतन्त्रलाई सुधार गरी अर्थतन्त्रमा करिव ८१ प्रतिशत योगदान दिने निजी क्षेत्रको मनोबल उच्च बनाउनुपर्ने चुनौति छ । चुनौतीहरुका बीचमा मुलुकको ढुकुटीको साँचो हातमा लिएका अर्थमन्त्री पौडेलेले निजी क्षेत्रको भरोसा खोजेका छन् । निजी क्षेत्रको मनोबल घटेपछि अर्थतन्त्र चलायमान हुन सकेको छैन । निजी क्षेत्रको मनोबल बढ्न नसकेपछि निजी क्षेत्र लगानी गर्न हच्किँदा नयाँ रोजगारी सिर्जना समेत हुन सकेको छैन ।

अर्थमन्त्री पौडेललाई सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने चुनौति र अर्थतन्त्रका संरचनागत सुधार गर्ने दुई वटा चुनौति मुख्य छन् । त्यस्तै, निर्माण व्यवसायीको भुक्तानी समस्या, लघुवित्त र सहकारी समस्या समाधान गर्नु पनि चुनौतिको रुपमा छ ।
विभिन्न चुनौतीकाबीच मौद्रिक नीतिमार्फत सरकारको वित्त नीतिअनुरुप ल्याउन सफल भएका छन् । वित्त नीतिको परिपूरकको रुपमा मौद्रिक नीति आउँदा सरकारले अर्थतन्त्रमा सुधार गर्ने भरोसामा निजी क्षेत्र परेको छ । सरकारले राष्ट्र बैंकमार्फत मौद्रिक नीतिले निजी क्षेत्रका माग सम्बोधन गर्नेगरी लचिलो मौद्रिक नीति ल्याएर सकारात्मक सन्देश दिन खाजेको देखिन्छ । राष्ट्र बैंक स्वायत्त संस्था भन्ने तर मौद्रिक नीति सरकारको कन्टोलमा राख्ने प्रवृत्ति भने रोकिएन ।

ओली सरकारलाई गोलचक्रमा रहेको अर्थतन्त्र लयमा ल्याएर निजी क्षेत्रको आत्मबल बढाउनु मुख्य चुनौति भएको अवस्थामा मौद्रिक नीतिले साथ दिएको छ । यता अर्थमन्त्री पौडेलले मन्त्रालयको जिम्मेवारी लिएसँगै अर्थतन्त्र सुधार गरी व्यवसायी वातावरण बनाउने अठोट गरेका थिए ।
निजी क्षेत्रले विश्वास गरेका अर्थमन्त्री पौडेले उद्योगी व्यवसायीहरुकै साथ लिएर अर्थतन्त्र सकारत्मक अवस्थामा छ भन्ने सन्देश प्रवाह गर्न कोशिस गरिरहेका छन् । अर्थमन्त्री भएपश्चात अर्थ मन्त्रालयमा विभिन्न माग राख्दै जाने सम्पूर्ण निजी क्षेत्रका छाता संगठनहरुलाई एउटै बोली र आश्वासन दिएका थिए । अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रको आत्मवल जगाउनु पहिलो प्राथमिकता देखिएको छ ।

अर्थमन्त्री पौडेलले नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ,नेपाल चेम्बर अफ कमर्स,नेपाल निर्माण व्यवसायी महासंघ,नेपाल बैंकर्स संघ,स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था लगायतका संस्थाहरुलाई एउटै आश्वासन र आशा जगाउने वचन दिएका छन् । उनीले सरकार निजी क्षेत्रको अभिभावक भएकाले सबैका समस्या सम्बोधन गर्ने धारणा राखेको छन् ।

अर्थमन्त्री पौडेलले सबै निजी क्षेत्रका छाता संगठनसँग मुलुकको अर्थतन्त्र सुधार हुने र सरकारले सुधार गरी लगानीको वातावरण सिर्जना गर्ने भन्दै सकारात्मक हुन आग्रह गरेका छन् । पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्यामा आगो बाल्न नभई आगो निभाउन बनेको भन्दै निजी क्षेत्रलाई विश्वासमा लिने कोशिस गर्नुभयो । सरकारको नीति नै निरासा चिर्दै भरोसा जगाउने भएको भन्दै ढुक्क भएर काम गर्न उत्प्रेरित गर्नुभएको छ ।

निजी क्षेत्रमा आशाको दियो बाल्ने अर्थमन्त्रीको अठोट

उपप्रधान तथा अर्थमन्त्री पौडेलले अर्थतन्त्र चलायमान बनाउँदै निजी क्षेत्रको मनोवल उच्च बनाउनु पर्ने चुनौती पूर्ण अवस्थामा जिम्मेवारी लिएको बताउँदै आउनुभएको छ । पौडेलले अर्थतन्त्रमा देखिएको सुस्तता,सरकारप्रति टुटेको मनोवललाई उकास्दै सबैको निरासा चिर्दै भरोसा जगाउँने निजी क्षेत्रको साथ र सहयोग औंल्याउनु भयो ।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रका करिव ८ भन्दा बढी छातासंगठनहरुसँगको भेटमा एककै बोली बोलेर निजी क्षेत्रलाई सरकारप्रति आशावादी हुन आग्रह गर्नुभयो । पौडेलले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी आम मानिसहरुमा सकारात्मक सन्देश दिने प्रयास गर्नुभयो ।

निजी क्षेत्रलाई विश्वासमा लिन सिपालु अर्थमन्त्री यो पटक पनि निजी क्षेत्रको विश्वास लिन सफल भएको देखिन्छ । अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मनोवल कमजोर हुन दिनको लागि मौद्रिक नीतिमार्फत निजी क्षेत्रका मागलाई सम्बोधन गरी पहिलो आशा जगाउन सफल भएको देखिन्छ । अर्थमन्त्री भएर पहिलो पटक बैंकका सिइओहरुको संस्था नेपाल बैंकर्स संघका पदाधिकारीहरुसँग जनाएको प्रतिवद्धता मौद्रिक नीतिपछि भेट्न गएको स्वतन्त्र ऊर्जा उत्पादकहरुलाई समेत एउटै प्रतिवद्धता जनाउनुभएको छ । एक सूत्रीय वचन दिएर अर्थमन्त्रीले पौडेले निजी क्षेत्रलाई विश्वासमा लिने प्रयास गर्नुभयो । उहाँले दुई ठूला राजनीतिक दलहरु बीचको समिकरण नै स्थायी सरकार बनाउनुभएको उल्लेख गर्नुभएको थियो । उहाँले सबै व्यवसायीहरुलाई सरकार प्रति भरोसा गर्न बारम्बार आग्रह गर्नुभयो ।

निजी क्षेत्रका ६ संस्थाहरुसँग अर्थमन्त्रीको एउटै आग्रह: आशावादी भइदिनुस्

अर्थमन्त्री पौडेलले बैंकका सिइओहरुलाई बैंक तथा वित्तीय संस्थाका समस्या समाधान गर्न तयार रहेको भन्दै बजारमा सरकारप्रतिको सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गर्नुभयो । उहाँले सरकार सबैको अभिभावक भएकाले अभिभावकको भुमिका निभाउने आश्वासन दिनुभयो । उहाँले यो नै स्थिर सरकार भएकाले सरकारप्रति आशावादी हुन आग्रह गर्दै यो सरकारले समस्याको निकासा दिन्छ भन्ने सन्देश संप्रेषण गरी सरकारलाई साथ दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ सरकार बैंक तथा वित्तिय संस्थाहरुको पनि अभिभावक हो । त्यो अभिभावकत्व ग्रहण गर्छु । सरकारले पनि गर्छ । तपाईहरु अर्थमन्त्रालय र नेपाल सरकार अभिभावक बन्छ भनेर जानुस् । तपाईहरुका समस्या समाधान गर्नुसँगै बसेर छलफल गर्न तयार छु । व्यवसायीहरुले प्रश्तावहरु राख्ने म हेरौला भन्ने कुरा गर्दिन र विश्वास छैन । तपाईहरुका समस्यामा दुवै पक्ष बसेर छलफल गर्न तयार छु । आफूले गर्नसक्ने निर्णय आफैँ गरौंला गर्न नसक्ने सम्बन्धित निकायसँग समन्वय गरौंला । तर तपाईहरुले यति बेला सकारात्मक सन्देश संप्रेषण गरिदिनु होला । अहिलेको संसदबाट बन्नसक्ने स्थिर सरकार यही हो । यो भन्दा अर्को स्थिर सरकार हुँदैन । अब दुई महिनापछि अर्को सरकार र अर्को अर्थमन्त्री आउँछ की भन्ने चिन्ता अब रहेन । संयुक्त सरकारले आफैँ निर्णय गरी समस्याको समाधान गर्नसक्ने अवस्थामा भएकाले बैंकर्सहरु आशावादी भइदिनुस् । यो सरकारले निकास दिन्छ । समस्याको निकासा दिन्छ भन्ने सन्देश बोकेर गइदिनुस् ।’

अर्थमन्त्री पौडेलले नेपाल उद्योग वाणिज्य महासंघसँग दोस्रो भेट गर्दै बैंकर्स संघलाई जस्तै वर्तमान सरकारप्रति आशावादी हुन आग्रह गर्नुभयो । उहाँले सरकारप्रति निजी क्षेत्रले गरेको भरोसा र विश्वास छुट्न नदिने प्रतिवद्धता जनाउनु भयो । अर्थमन्त्री पौडेलले महासंघलाई सरकारले निजी क्षेत्रका समस्या सुनेर समाधान दिन्छ भन्ने विश्वासको साथमा आफ्ना पेशा व्यवसायमा लाग्न आग्रह गर्नुभयो । उहाँले सरकारले टुटेको मनोबललाई उठाउने काममा निजी क्षेत्रको साथ आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सरकारप्रति निजी क्षेत्रले गरेको भरोसा र विश्वास छुट्न दिने छैनौं । तपाईहरु सरकार छ । अभिभावकको भुमिकामा छ । सरकार छ निजी क्षेत्रका समस्या सुन्छ । समाधान दिन्छ भन्ने विश्वासको साथमा आफ्ना पेशा व्यवसायमा लाग्नुुस् । पेशा व्यवसायको माध्यमबाट राज्यलाई योगदान दिनु्स् । निजी क्षेत्रमा रहेका समस्या बोकेर हिँडिराख्नुपर्ने अवस्थाको अन्त्य गर्दै महासंघले राखेका मागलाई सरकारले सुनुवाई गर्छ । लगानी,उत्पादन,रोजगारी सिर्जनाका लागि सरकारले काम गर्छ । मुख्य रुपले टुटेको मनोवललाई उठाउने काममा विशेष पहलकदमी रहोस् । सरकार निजी क्षेत्रसँगै हुनेछ ।’

अर्थमन्त्री पौडेलले नेपाल उद्योग परिसंघसँगको भेटमा पनि सरकार प्रति विश्वास जागृत नभए आत्मबल नबढ्ने भन्दै सरकारप्रति विश्वास गर्न माग गर्नुभयो । उहाँले निरासा चिर्ने र आशा जगाउने सरकारको मुख्य नीति रहेको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रको मनमा आशाको दियो बाल्ने अपेक्षाका साथ काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो,‘जबसम्म सरकार प्रति विश्वास जागृत गर्दैनौं र आत्मबल बढाउँदैनौ । देश अगाडि बढ्न सक्दैन । त्यस कारण मैले सबै भन्दा बढी जोड दिएको छु भने । अहिलेको समस्या भनेको निरासा चिर्ने र आशा जगाउने हो । के गर्दा हुन्छ । तेल हाल्दा हुन्छ की घ्यु हालेर हुन्छ । दियो वा र्टच बालेर भएपनि निरासा चिर्दै आशा जगाउनु पर्‍यो । निजी क्षेत्रको मनोबल टुट्यो भने समग्र अर्थतन्त्र बिग्रन्छ । मेरो अपेक्षा निजी क्षेत्रको मनमा आशाको दियो बाल्न सक्यौं भन्ने हो।’

नेपाल निर्माण व्यवसायी महासंघसँगको भेटमा पनि वर्तमान सरकार व्यवसायीहरुका समस्यामा आगो बोल्न नभई निभाउन आएको उल्लेख गरेर व्यवसायीलाई आशावादी बनाउने काम गर्नुभयो । उहाँले निर्माण व्यवसायीहरुले पनि सरकारप्रति आशा विश्वास र भरोसा गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘तपाईहरुलाई मैले के विश्वास दिलाउन चाहन्छु भने निर्माण व्यवसायीहरुको सरकारप्रति आशा विश्वास र भरोसा गरेर फर्कनुस् । निर्माण व्यवसायीहरुलाई काम गर्ने परिस्थिति सरकारले निर्माण गर्छ । समग्रमा भन्दा काम गर्ने परिस्थिति सरकारले गर्छ । निर्माण व्यवसायीहरुसँग तीन वटा मात्रै अपेक्षा छ । जुन समयमा निर्माण सम्पन्न होस्,गुणस्तरिय र प्रक्षेपित लागतका आयोजनाहरु सम्पन्न हुन् । यी भन्दा बढी सरकारको कुनै अपेक्षा छैन । निर्माण व्यवसायीहरुले भोगेका समस्या समाधानमा सरकार लाग्नुपर्छ । निर्माण व्यवसायीहरुले राष्ट्र निर्माणका महत्वपूर्ण अभियान्ता हौं भनेर गौरव गर्ने हिसाबले लाग्नुस् । त्यो खालको परिस्थिती निर्माण गर्न सरकार लाग्छ । भूक्तानीको समस्या पनि साधान गर्छ ।’

अर्थमन्त्री पौडेलले चेम्बर अफ कमर्ससँगको भेटमा पनि अन्य संस्थाहरुलाई भने जस्तै सरकारप्रति आशावादी हुन आग्रह गर्नुभयो । उहाँले निजी क्षेत्रलाई सरकारले निरासा र दु:ख नदिने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले स्थायित्व र राजनीतिक स्थिरताका निम्ति वर्तमान संसदमा बन्ने सरकार यही मात्रै भएको दाबी गर्ने अहिलेकै सरकारले स्थायित्व र स्थिरता दिनसक्ने विश्वास दिलाउनु भयो ।
उहाँले भन्नुभयो,‘सरकार प्रति जुन खालको आशा गर्नुभएको छ । स्वभावैले निजी क्षेत्रको आशा अपेक्षालाई सम्बोधन गर्नेगरी निजी क्षेत्रलाई निरासा हुन दिनेगरी सरकारले पहल कदमी लिन्छ । अहिलेको सरकार समस्याको आगो ताप्नका निम्ति बनेको सरकार होइन । यो सरकार समस्याको आगो निभाउन र समस्या समाधानको निम्ति बनेको सरकार हो । राजनीतिक अस्थिरताको कारण अर्थतन्त्रमा समस्याहरु आएका हुन् । अहिलेको संसदमा स्थायीत्व र राजनीतिक स्थिरताका निम्ति बन्ने सरकार यही नै हो । यो भन्दा अर्को कुनै स्थिायित्व र स्थिरता दिन सक्ने अर्को सरकार बन्दैन । राजनीतिक स्थायीत्व र अर्थतन्त्रका समस्या समाधान गर्ने पक्षमा छौं । चेम्बरको नेतृत्व र व्यवसायीहरुलाई उत्साहको साथमा काममा लाग्नका निम्ति प्रेरित गरिदिनुस् । सरकार व्यवसायीहरुको साथमा छ,हाम्रा समस्या सरकारले सुन्छ भन्ने सन्देश सँगै सम्प्रेशन गरिदिनुस् ।’

अर्थमन्त्री पौडेलले निजी क्षेत्रसँग अर्थतन्त्रलाई लयमा ल्याउने राम्रो सुत्र अपनाएको पाइन्छ । विगतमा पनि निजी क्षेत्रको विश्वास लिन सफल बन्ने कोशिस गरेका छन् । मौद्रिक नीतिमार्फत व्यवसायीहरका समस्या समाधान गर्ने कोशिस गरेरका अर्थमन्त्री पौडेलले अर्थतन्त्रका चुनौती निजी क्षेत्रलाई साथमा लिएर सामान गर्ने रणनीतिमा रहेको देखिन्छ । निजी क्षेत्रले कतिसम्म साथ दिन्छ त्यो भने हेर्न बाँकी नै छ । अर्थतन्त्रको ऐन मानिएको पुँजीबजारको भविष्य अर्थमन्त्रीको काँधमा पुगेको देखिन्छ । अर्थमन्त्री हुने चर्चासँगै बुम भएको पुँजीबजार करिव दुई हप्तामा ८ सयले बढेको छ ।

अर्थमन्त्रीसँग पुँजीबजार लगायत अन्य निजी क्षेत्र सकारात्मक रहेका छन् । निजी क्षेत्रले वर्तमान सरकार बनेसँगै अर्थतन्त्रमा सुधार हुने धारणा राख्दै आएका छन् । तर अर्थमन्त्री पौडेलले निश्चित व्यापारिक घराना हेरेर होइन, समग्र निजी क्षेत्रलाई नै प्रतिष्पर्धी बनाउने नीति ल्याएर आर्थिक गतिविधि चलायमान बनाउनु पर्ने वर्तमान आवश्यकता छ ।

अनिश मिजार/न्युज एजेन्सी नेपाल