२५ मंसिर २०८२, बिहीबार
,
Latest
कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं: मन्त्री कुलमान घिसिङ स्कुटरसहित पाँच वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु नयाँ पुस्तालाई राजनीतिक रुपमा सङ्गठित गर्न नसक्दा जेनजी आन्दोलन : बिजुक्छे देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाइने प्रधानमन्त्रीद्वारा चेस खेलमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो ।

उनीहरूलाई मन्त्रालयले भक्तबहादुर पुन र कपिल आचार्यको स्थानमा नियुक्त गरेको हो ।

यसअघि पुन र आचार्यलाई मन्त्रालयले स्पष्टीकरण चित्त नबुझेको भन्दै पदमुक्त गरेको थियो । पुन र आचार्य उद्योगीले डडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउने पर्ने अडानमा थिए ।

त्यही विषयमा मन्त्रालयले उनीहरूलाई स्पष्टीकरण सोधेर पदमुक्त गरेको जनाएको छ ।