३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीहरुको गुनासो: ‘बिस्तारै खेलकुद प्रशिक्षकविहीन हुँदैछ’



अ+ अ-

काठमाडौँ । नेपाली खेलाडीले बागमति प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई खेलजीवनपश्चात पनि खेलाडीको भविष्य सुरक्षित हुने तवरबाट काम गर्न सुझाव दिएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा मन्त्री महर्जनलाई बधाई दिने तथा अन्तरक्रिया कार्यक्रममा खेल लिजेण्ड एवं वर्तमान समयमा विभिन्न खेलबाट योगदान दिँदै आएका खेलाडीले उक्त सुझाव दिएका हुन् । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसी र कीर्तिमानी वैकुण्ठ मानन्धरलाई सँगै राखेर मन्त्री महर्जनले खेलकर्मीबाट सुझाव संकलन गर्नुभएको थियो ।

तेक्वान्दोका ओलम्पियन दीपक बिष्ट, १३ औं सागमा दोहोरो स्वर्ण विजेता कराते मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयसा शाक्य, फुटबलका उपेन्द्रमान सिंह, एशियाली खेलकुदमा काँस्य विजेता दीपक महर्जन र विभिन्न समयका चर्चित खेलाडी तथा ओलम्पियन मन्त्री महर्जन आपैmँ पनि खेलाडी रहेकाले खेलकर्मीले धेरै आशा गरेको धारणा राखेका थिए । खेलकुदमन्त्री महर्जन करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक हुँदै राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्षसमेत हुनुहुन्थ्यो ।

अन्तरक्रिया कार्यक्रममा अधिकांश खेलाडीले खेलाडीको दु:ख अर्को खेलाडीले मात्र बुझ्नसक्ने भन्दै मन्त्री महर्जनले आफ्नो कार्यकालमा खेलकुदमा हित हुने काम गर्ने आशा राखेका छन् । अहिले अधिकांश प्रशिक्षकको कार्यकाल सकिँदा खेलकुद क्षेत्र बिस्तारै प्रशिक्षकविहीन भइरहेकोप्रति पनि खेलाडीले खेलकुदमन्त्री महर्जनको ध्यानकर्षण गराएका छन् । त्यसैले खेलकुदमा आवश्यक प्रशिक्षक नियुक्तका लागि पहल गर्न खेलाडीले सुझाएका छन् ।

१२ औं सागमा उसुका लागि स्वर्ण पदक दिलाएकी निमा घर्तीमगरले विभागीय खेलाडीलाई जस्तै प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीका लागि पनि वागमतिको प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनु भयो । जतिसक्दो धेरै खेलाडीले एक्सपोजर पाए मात्र प्रदर्शनमा स्तरोन्नती हुने उहाँको भनाइ छ ।

साथै नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई दिने भनिएको पुरस्कार पनि अहिलेसम्म नपाएको केही खेलाडीले गुनासो गरेका छन् । मन्त्री महर्जनले आफ्नो कार्यकालमा खेलाडी र प्रशिक्षकको सल्लाह र सुझावअनुसार नै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै मन्त्री महर्जनले अबको आफ्नो पहिलो प्राथमिकता नै खेलाडीले पाउनुपर्ने सेवासुविधा र पुरस्कार बारे प्रक्रिया अगाडि बढाउनु रहेको बताएका छन् ।