१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

खेलाडीहरुको गुनासो: ‘बिस्तारै खेलकुद प्रशिक्षकविहीन हुँदैछ’

खेलाडीहरुको गुनासो: ‘बिस्तारै खेलकुद प्रशिक्षकविहीन हुँदैछ’
अ अ+ अ-

काठमाडौँ । नेपाली खेलाडीले बागमति प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई खेलजीवनपश्चात पनि खेलाडीको भविष्य सुरक्षित हुने तवरबाट काम गर्न सुझाव दिएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा मन्त्री महर्जनलाई बधाई दिने तथा अन्तरक्रिया कार्यक्रममा खेल लिजेण्ड एवं वर्तमान समयमा विभिन्न खेलबाट योगदान दिँदै आएका खेलाडीले उक्त सुझाव दिएका हुन् । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसी र कीर्तिमानी वैकुण्ठ मानन्धरलाई सँगै राखेर मन्त्री महर्जनले खेलकर्मीबाट सुझाव संकलन गर्नुभएको थियो ।

तेक्वान्दोका ओलम्पियन दीपक बिष्ट, १३ औं सागमा दोहोरो स्वर्ण विजेता कराते मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयसा शाक्य, फुटबलका उपेन्द्रमान सिंह, एशियाली खेलकुदमा काँस्य विजेता दीपक महर्जन र विभिन्न समयका चर्चित खेलाडी तथा ओलम्पियन मन्त्री महर्जन आपैmँ पनि खेलाडी रहेकाले खेलकर्मीले धेरै आशा गरेको धारणा राखेका थिए । खेलकुदमन्त्री महर्जन करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक हुँदै राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्षसमेत हुनुहुन्थ्यो ।

अन्तरक्रिया कार्यक्रममा अधिकांश खेलाडीले खेलाडीको दु:ख अर्को खेलाडीले मात्र बुझ्नसक्ने भन्दै मन्त्री महर्जनले आफ्नो कार्यकालमा खेलकुदमा हित हुने काम गर्ने आशा राखेका छन् । अहिले अधिकांश प्रशिक्षकको कार्यकाल सकिँदा खेलकुद क्षेत्र बिस्तारै प्रशिक्षकविहीन भइरहेकोप्रति पनि खेलाडीले खेलकुदमन्त्री महर्जनको ध्यानकर्षण गराएका छन् । त्यसैले खेलकुदमा आवश्यक प्रशिक्षक नियुक्तका लागि पहल गर्न खेलाडीले सुझाएका छन् ।

१२ औं सागमा उसुका लागि स्वर्ण पदक दिलाएकी निमा घर्तीमगरले विभागीय खेलाडीलाई जस्तै प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीका लागि पनि वागमतिको प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनु भयो । जतिसक्दो धेरै खेलाडीले एक्सपोजर पाए मात्र प्रदर्शनमा स्तरोन्नती हुने उहाँको भनाइ छ ।

साथै नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई दिने भनिएको पुरस्कार पनि अहिलेसम्म नपाएको केही खेलाडीले गुनासो गरेका छन् । मन्त्री महर्जनले आफ्नो कार्यकालमा खेलाडी र प्रशिक्षकको सल्लाह र सुझावअनुसार नै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै मन्त्री महर्जनले अबको आफ्नो पहिलो प्राथमिकता नै खेलाडीले पाउनुपर्ने सेवासुविधा र पुरस्कार बारे प्रक्रिया अगाडि बढाउनु रहेको बताएका छन् ।