५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वारा शपथ



अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका चार नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजीव विक्रम शाह (जाजरकोट), घनश्याम भण्डारी (दैलेख), सुरेश अधिकारी (सल्यान) र बिजया बुढा (हुम्ला)ले आज पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

शाह आर्थिक मामिला तथा योजना, भण्डारी सामाजिक विकास, अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरण र बुढा जलस्रोत तथा ऊर्जा विकास मन्त्री नियुक्त हुनुभएको थियो । रासस