• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

गिद्ध बढ्दै : प्रदेशकै गहनाको अवधारणा विकास



उदयपुर । उदयपुरको पूर्वीक्षेत्रको बेलका नगरपालिका–७ को मैनामैनीस्थित सुगाचरी भिरक्षेत्रमा दुई वर्षदेखि नगरपालिकाले गिद्ध संरक्षण अभियान सञ्चालन गरेपछि अहिले सो क्षेत्रमा गिद्धको सङ्ख्यामा वृद्धि भएको छ ।

नगरपालिकाका अनुसार मैनामैनीको सुगाचरी भिर क्षेत्रमा पूर्वी क्षेत्रका पहाडी तथा तराईका जिल्लामा घुमन्ते गिद्धको लामो समयदेखि आश्रयस्थल रहेको र केही वर्ष अघिसम्म यस क्षेत्रमा पाँच वर्षसम्म गिद्ध रहेको भए पनि संरक्षण अभियान शुरु भएपछि अहिले सात सय भन्दा बढी गिद्ध वृद्धि भइसकेका नगरपालिकाले बताएको छ ।

पहाडी जिल्ला खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुट्टा, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी सप्तरीलगायतका जिल्लामा घुमेर आहारा खोज्ने गरे पनि बेलुकी साँझपख बास बस्न मैनामैनीको सुगाचरी भिरमा नै आउने गरेका मैनामैनीका ७८ वर्षीय हर्कमान राई बताउनुहुन्छ । 

नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाका अनुसार यसक्षेत्रमा पाइने अति नै दुर्लभ प्रजातिका पक्षी गिद्ध संरक्षण गर्न नगरपालिकाले नयाँ योजनानै ल्याएर दुई वर्षदेखि संरक्षण अभियान अगाडि बढाएको छ । 

गिद्ध संरक्षण अभियानलाई अगाडि बढाएपछि अहिले दुई वर्षभित्र पाँच सयबाट झण्डै सात सयको हाराहारीमा गिद्ध वृद्धि भइसकेका पनि थापाले बताउनुभयो । गिद्ध संरक्षण गर्न बेलका क्षेत्रमा मरेका घरपालुवा जनावारलाई मैनामैनीको सुगाचरी क्षेत्रसम्म लगेर गिद्ध बसोवास गर्ने क्षेत्रमा राखिदिने कार्य नियमित गर्दै आएको नगरपालिकाले जनाएको छ । यस्तै गिद्धको प्रजातिको अध्ययन गर्न चरा विशेषज्ञसमेत झिकाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।