१ असार २०८३, सोमबार
,
Latest
सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिद्ध बढ्दै : प्रदेशकै गहनाको अवधारणा विकास



अ+ अ-

उदयपुर । उदयपुरको पूर्वीक्षेत्रको बेलका नगरपालिका–७ को मैनामैनीस्थित सुगाचरी भिरक्षेत्रमा दुई वर्षदेखि नगरपालिकाले गिद्ध संरक्षण अभियान सञ्चालन गरेपछि अहिले सो क्षेत्रमा गिद्धको सङ्ख्यामा वृद्धि भएको छ ।

नगरपालिकाका अनुसार मैनामैनीको सुगाचरी भिर क्षेत्रमा पूर्वी क्षेत्रका पहाडी तथा तराईका जिल्लामा घुमन्ते गिद्धको लामो समयदेखि आश्रयस्थल रहेको र केही वर्ष अघिसम्म यस क्षेत्रमा पाँच वर्षसम्म गिद्ध रहेको भए पनि संरक्षण अभियान शुरु भएपछि अहिले सात सय भन्दा बढी गिद्ध वृद्धि भइसकेका नगरपालिकाले बताएको छ ।

पहाडी जिल्ला खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुट्टा, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी सप्तरीलगायतका जिल्लामा घुमेर आहारा खोज्ने गरे पनि बेलुकी साँझपख बास बस्न मैनामैनीको सुगाचरी भिरमा नै आउने गरेका मैनामैनीका ७८ वर्षीय हर्कमान राई बताउनुहुन्छ । 

नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाका अनुसार यसक्षेत्रमा पाइने अति नै दुर्लभ प्रजातिका पक्षी गिद्ध संरक्षण गर्न नगरपालिकाले नयाँ योजनानै ल्याएर दुई वर्षदेखि संरक्षण अभियान अगाडि बढाएको छ । 

गिद्ध संरक्षण अभियानलाई अगाडि बढाएपछि अहिले दुई वर्षभित्र पाँच सयबाट झण्डै सात सयको हाराहारीमा गिद्ध वृद्धि भइसकेका पनि थापाले बताउनुभयो । गिद्ध संरक्षण गर्न बेलका क्षेत्रमा मरेका घरपालुवा जनावारलाई मैनामैनीको सुगाचरी क्षेत्रसम्म लगेर गिद्ध बसोवास गर्ने क्षेत्रमा राखिदिने कार्य नियमित गर्दै आएको नगरपालिकाले जनाएको छ । यस्तै गिद्धको प्रजातिको अध्ययन गर्न चरा विशेषज्ञसमेत झिकाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।




भर्खरै