• २४ भाद्र २०८१, सोमबार
  •      Mon Sep 9 2024
  •   Unicode
Logo
Latest
★   नदी किनाराबारे सर्वोच्चको फैसला बिरुद्ध तत्कालै पुनरावलोकनमा जानुपर्छ: सांसद पाण्डे ★   रास्वपा सांसद पराजुलीको प्रश्न: धनराज गुरुङलाई सहकारी ठगीमा छानविन गर्ने कि नगर्ने ? ★   वरियताक्रम मिचेर मुख्यसचिव नियुक्त गर्दा सचिवहरु आतंकित भए: सांसद तामाङ ★   मेयर बालेन्द्र साहलाई एमाले सांसद पन्तको आग्रह: जनतालाई मर्कापर्ने काम नगर्नुस् ★   शुन्य समयमा बोल्दै सांसदहरुले सरकारलाई गराए ध्यानाकर्षण ★   पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा ★   नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकबारे परिणाममुखी छलफल: गृहमन्त्री लेखक ★   इडिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ ★   ‘हेर्दा राम्रो मार्फा गाउँ…’ ★   कपाल किन झर्छ र तालु किन खुइलिन्छ ?

तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ: सभामुख घिमिरे



काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालू अधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताउनुभएको छ ।

डा. सन्दुक रुइतले आँखाको क्षेत्रमा कमाएको अन्तर्राष्ट्रिय ख्यातीलाई समेत ध्यानमा राखेर आफूले सो विश्वविद्यालय सम्बन्धि विधेयक संसदमा दर्ता गर्ने काममा पनि सहयोग गरेको र त्यसलाई संसदको चालु अधिवेशनबाटै पारित गराउन पनि आफ्नो प्रयत्नलाई जारी राखेको उहाँको भनाई थियो । ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सो विश्वविद्यालय बनेपछि नेपालले आँखाको क्षेत्रमा अध्ययन, अनुसन्धान लगायतका कामलाई अघि बढाउने कामलाई सहज ढंगले अघि बढाउन सकिने बताउनु भयो । उहाँले सरकारले पनि सो विधेयकलाई अघि बढाउन महत्व दिएको पनि उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘आँखाको क्षेत्रमा डा. सन्दुक रुइतले खेल्नुभएको भुमिकालाई हामीले कसरी अगाडि लैजान सकिन्छ ? आज भन्दा दुई महिना अगाडि मात्रै हो– त्यहाँबाट एउटा टिम तिलगंगा अस्पतालको तर्फबाट आउनु भयो । तिलगंगा नेत्र विश्वविद्यालय र त्यसका कानून बनाउनुपर्ने भयो । त्यो विश्वविद्यालयको ऐन पास गर्नुपर्ने भयो । त्यो विधेयक छिटो पास गर्नका लागि सहयोग गर्नु पर्‍यो भनेर उहाँले आएर कुरा गर्नुभयो । त्यतिबेला सरकारमा गईरहेको र सरकारले संसदमा पेश गर्न बाँकि थियो । मैले आफ्नो ठाउँबाट गर्न सक्ने जति कोशिस गरेर सरकारले पनि त्यसलाई आवश्यक महत्व दिएर उहाँहरुले पनि सम्बन्धित मन्त्रालयदेखि सबै चाहिने ठाउँमा घच्घच्याएर त्यो संसदमा आयो ।

संसदमा त्यस विषयमा लगातार छलफल भईरहेको तर राष्ट्रिय सभा अलि खुकुलो र खाली भएको हुनाले त्यसलाई राष्ट्रिय सभामा दर्ता गराएर त्यसले पनि स्विकार गरेर अहिले समितिमा लगेको छ । र समितिमा त्यो पास भयो भने कानूनी रुपमा भएका असजिलाहरुलाई हटाउने र त्यसरी विश्वविद्यालय बनाएपछि नेपाललाई आँखाको क्षेत्रमा अध्ययनलगायत अनुसन्धानको कामका लागि थुप्र्रै खालको अवसरहरु हुने र कामलाई पनि व्यवस्थित गर्न सकिने कुराहरुमा सम्भव भयो भने यही अधिवेशनमा सम्पन्न गर्न पाए हुन्थ्यो भन्ने मेरो प्रयत्न जारी छ ।’

सभामुख घिमिरेले सो विधेयकमा देखिएको असजिलाहरु हटाउन पनि आफूले हरसम्भव प्रयास गरिरहेको बताउनु भयो ।