९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

दुई महिनामै एक करोड ८० लाखका सुपारीका बिरुवा बिक्री

दुई महिनामै एक करोड ८० लाखका सुपारीका बिरुवा बिक्री
अ अ+ अ-

झापा । जिल्लामा दुई महिनाको अवधिमा रु एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् ।

सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरुवा बिक्री भएको बताउनुभयो । “अहिले बर्खाको समयमा किसानहरुले सुपारीका बिरुवा रोप्ने गरेका छन्”, उहाँले भन्नुभयो, “अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ ।”

मेचीनगर–११ धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आउनुभएका नारायाण रिजालले यसपाली सुपारीका बिरुवाको माग धान्न हम्मे–हम्मे भइरहेको बताउनुभयो । जिल्लामा सुपारीखेतीका विस्तारसँगै बिरुवाको माग बढेको उहाँको ठम्याइ छ ।

उहाँले यसपालीको बर्खे अवधिका लागि भनेर १५ हजार बिरुवा हुर्काउनुभएको थियो । असारसम्ममा १० हजार बिरुवा बिक्री भइसकेको र अब पाँच हजार बिरुवा नर्सरीमा रहेको उहाँले जानकारी दिनुभयो । बिक्री भएका १० हजार बिरुवाबाट उहाँले रु १२ लाख आम्दानी गर्नुभएको छ ।

किसानहरुले सुपारीका बिरुवा प्रतिगोटा रु एक सयदेखि रु एक सय २० सम्ममा किनेर लैजाने गरेका छन् । जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायतका क्षेत्रमा दर्जनौं अनुभवी किसान र सुपारी सहकारीले सुपारीका बिरुवा बिक्री गर्दै आएका छन् ।

“सहकारीले उत्पादन गरेका बिरुवासमेत खरिद गरेर किसानहरुलाई बेच्दै आएको छु”, उहाँले भन्नुभयो, “मागअनुसारको बिरुवा उपलब्ध गराउन गाह्रो भइरहेको छ ।” भारतीय व्यापारीले टिस्यूकल्चर गरिएको, हाइब्रिड जातको र तीन वर्षमै फल्ने भनेर ग्रामीण क्षेत्रमा डुलाएर बिक्री गर्दै आएको सुपारीका बिरुवासँग भने किसानहरु होसियार हुनुपर्ने नर्सरी व्यवसायी रिजाल बताउनुहुन्छ ।

“सुपारीका बिरुवा रोपेको छ वर्षमा फल्ने हो, तीन वर्षमा होइन”, उहाँले भन्नुभयो, “किसान साथीहरु होसियार हुनुहोस्, टिस्यूकल्चर गरेको सुपारीकै बिरुवा हुँदैन ।” सुपारीका बिरुवामा झापा आत्मनिर्भर रहेको हुँदा आयातित बिरुवा प्रयोग नगर्न उहाँले आग्रह गर्नुभयो ।

सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष तिवारीले जिल्लामा तीन हजार छ सय ७५ हेक्टर जमिनमा सुपारीखेती रहेको बताउनुभयो । केही वर्षयता धान र चियाखेती मासेर किसानहरुले धमाधम सुपारीका बिरुवा रोप्न थालेका कारण सुपारीखेतीको क्षेत्रफल बढिरहेको उहाँको भनाइ छ ।

झापा सुपारीखेतीका लागि उर्वर हावापानीयुक्त स्थान मानिएको छ । हात्ती लगायतका जङ्गली जनावरले अन्न र तरकारीबाली खाएर क्षति गरिदिने हुँदा किसान वैकल्पिक खेतीको रुपमा सुपारीतर्फ आकर्षित भएका हुन् ।

खेती गर्न सजिलो, कम लगानी हुने र बढी आम्दानी दिने नगदे बाली भएकाले सुपारीखेतीतर्फ आकर्षित भएका किसानलाई सरकारले समेत प्रोत्साहित गर्दै आएको छ । नेपाल सुपारीखेती जोन झापाका जिल्ला अध्यक्ष दीपक गौतमले जिल्लाको अर्जुनधारा, मेचीनगर, बुद्धशान्तिका वडालाई समेटर सुपारी जोन घोषणा गरिएको बताउनुभयो । उहाँले जोन अन्तर्गत सात सय ७८ हेक्टर क्षेत्रफलमा सुपारीको व्यावसायिक खेती भइरहेको बताउनुभयो ।

यहाँका नर्सरीहरुमा उत्पादित सुपारीका बिरुवा किन्न इलाम, मोरङ र सुनसरीदेखिका किसान आउने गरेका छन् । नागबेली सुपारी सहकारी संस्था र रमिते सुपारी सहकारी संस्थाले ठूलो सङ्ख्यामा सुपारीका बिरुवा उत्पादन गरेर बिक्री गरिरहेको जनाएका छन् । रासस