३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भारतका विश्व चर्चित अन्तर्राष्ट्रिय कथा वाचक अनिरुद्धाचार्य पशुपति कोटिहोममा

भारतका विश्व चर्चित अन्तर्राष्ट्रिय कथा वाचक अनिरुद्धाचार्य पशुपति कोटिहोममा
अ+ अ-

काठमाडौं । भारतका विश्व चर्चित कथावाचक अनिरुद्धाचार्य जी महाराज काठमाडौं आइपुग्नुभएको छ ।

नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा सहभागी हुन कथावाचक अनिरुद्धाचार्य जी महाराज शनिबार बिहान त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

वाचक अनिरुद्धाचार्यले शनिबार दिउँसो पशुपतिनाथ मन्दिरको दर्शनसँगै पशुपति कोटिहोम महायज्ञमा आर्शिवचन पनि राख्नुहुनेछ । उहाँ सपरिवारसहित नेपाल आएको र कथा प्रवचन गर्ने कार्यक्रम रहेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजयकृष्ण मूर्ती जी महाराजले बताउनुभयो ।

भारतको मध्यप्रदेशमा जन्मिनुभएका अनिरुद्धाचार्य महाराज कथा प्रवचनको क्षेत्रमा निकै लोकप्रिय वाचकअन्तर्गत पर्नुहुन्छ । उहाँको प्रवचनमा सुन्न हरेक कार्यक्रममा लाखौं भक्तजनहरुको सहभागिता हुने गरेको छ ।

डेढ घण्टाको प्रवचन दिएर अनिरुद्धाचार्य भारत प्रस्थान गर्ने कार्यसूची छ ।