२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमान्तकृत समुदायकी रोशनी मेचेलाई प्रधानमन्त्रीको सचिवालयमा अबसर



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा अहिले एक्ली महिला सदस्य छन् । उनीहरु हुन् रोशनी मेचे ।

रोशनी २०७९ माघ १५ गतेदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा छिन् । अहिले प्रधानमन्त्री बनेपछि पनि ओलीले उनैलाई सचिवालयमा राखेका छन् । उनको कार्यविभाजन भने भइसकेको छैन ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा पार्टी उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री युवराज खतिवडा नियुक्त भएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा झापाकै एक सीमान्तकृत समुदायको महिलालाई छानेर उदाहरणीय काम गरेका छन् । मेचे पछाडि पारिएको र सीमान्तकृत समुदाय हो । लोपोन्मुख पनि हो । त्यो समुदायलाई प्रधानमन्त्री सचिवालयमा सहभागी गराएर राज्यको समावेशी चरित्रलाई बहन गर्न खोजिएको देखिन्छ ।

झापाको बलभद्र माध्यमिक विद्यालयबाट अध्ययन सुरु गरेकी उनले २०५५ सालमा विद्यालय शिक्षा पूरा गरेर अहिले समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेकी छन् । उनले कानुन संकायमा स्नातक पनि गरेकी छन् । २०७४ सालमै अधिवक्ताको लाइसेन्स लिएकी उनले कानूनी अभ्यास चाहिँ गरेकी छैनन् ।

मेचे समुदायको विकासका लागि कसरी योगदान दिन सकिन्छ भनेर उनी सोचमग्न छिन् ।