१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमान्तकृत समुदायकी रोशनी मेचेलाई प्रधानमन्त्रीको सचिवालयमा अबसर



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा अहिले एक्ली महिला सदस्य छन् । उनीहरु हुन् रोशनी मेचे ।

रोशनी २०७९ माघ १५ गतेदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा छिन् । अहिले प्रधानमन्त्री बनेपछि पनि ओलीले उनैलाई सचिवालयमा राखेका छन् । उनको कार्यविभाजन भने भइसकेको छैन ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा पार्टी उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री युवराज खतिवडा नियुक्त भएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा झापाकै एक सीमान्तकृत समुदायको महिलालाई छानेर उदाहरणीय काम गरेका छन् । मेचे पछाडि पारिएको र सीमान्तकृत समुदाय हो । लोपोन्मुख पनि हो । त्यो समुदायलाई प्रधानमन्त्री सचिवालयमा सहभागी गराएर राज्यको समावेशी चरित्रलाई बहन गर्न खोजिएको देखिन्छ ।

झापाको बलभद्र माध्यमिक विद्यालयबाट अध्ययन सुरु गरेकी उनले २०५५ सालमा विद्यालय शिक्षा पूरा गरेर अहिले समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेकी छन् । उनले कानुन संकायमा स्नातक पनि गरेकी छन् । २०७४ सालमै अधिवक्ताको लाइसेन्स लिएकी उनले कानूनी अभ्यास चाहिँ गरेकी छैनन् ।

मेचे समुदायको विकासका लागि कसरी योगदान दिन सकिन्छ भनेर उनी सोचमग्न छिन् ।