३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘सिपिसीद्वारा पारित प्रस्तावले विश्वव्यापी विकास र समृद्धिका अवसर सिर्जना गर्ने विश्वास’

‘सिपिसीद्वारा पारित प्रस्तावले विश्वव्यापी विकास र समृद्धिका अवसर सिर्जना गर्ने विश्वास’
अ+ अ-

काठमाडौँ : राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को २०औँ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय कंग्रेसबाट पारित प्रस्तावले विश्वव्यापी विकास र समृद्धिका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

फ्रेन्डस् अफ सिल्क रोड क्लब नेपालले आज यहाँ आयोजना गरेको ‘सिपिसीको २०औँ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय कंग्रेस : नेपालसँग विकास अवसरको साझेदारी’ कार्यक्रममा उहाँले सो प्रस्ताव चीनका लागि मात्र नभई मानव जातिका लागि साझा भविष्य निर्माणमा केन्द्रित भएको धारणा राख्नुभयो ।

उपाध्यक्ष घिमिरेले भन्नुभयो, “उच्च गुणस्तरको हरित विकास र साझा समृद्धिको लक्ष्यले नेपालजस्ता मित्र राष्ट्रसँगको सहयोगलाई थप उचाइमा पु¥याउने छ ।” उहाँले विश्वव्यापी चुनौतीका रुपमा देखापरेका जलवायु परिवर्तन तथा सुस्त आर्थिक वृद्धिलगायत समाधान गर्न विश्व समुदाय एकताबद्ध हुनुपर्ने सन्दर्भमा चिनियाँ राष्ट्रपतिद्वारा प्रस्तावित ‘मानव जातिका लागि साझा भविष्य निर्माण’ को अवधारणाले ठूलो अर्थ र महत्त्व राखेको बताउनुभयो ।

“हाम्रा सहयोग द्विपक्षीय पहलमा मात्र सीमित रहन हुँदैन, विश्व्यापी चुनौतीको समाधान गर्न बहुआयामिक मञ्च खडा गर्नुपर्छ”, उपाध्यक्ष घिमिरेले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घ, बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) लगायत विश्वव्यापी मञ्चमा चीन र नेपालले न्यायसङ्गत विश्वव्यापी व्यवस्थाको वकालत गर्नुपर्छ, जसले सम्पूर्ण राष्ट्रको सार्वभौमसत्ता, विकास र अधिकाको सम्मान गर्न सक्दछ ।” साझा विश्वको बाटो चुनौतीपूर्ण नरहेको उल्लेख गर्दै उहाँले इमान्दारी, आपसी सम्मान र साझा दृष्टिकोणका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो

चीनको विकास प्रयास नेपालका लागि अनुकरणीय रहेको उल्लेख गर्दै उहाँले चिनियाँ अर्थतन्त्रको चामत्कारिक रुपान्तरण विकासिल राष्ट्रका लागि प्रेरणाको स्रोत हुने बताउनुभयो । उहाँले नेपाल र चीनबीच पूर्वाधार, ऊर्जा, कषि, पर्यटन, संस्कृति, हरित विकास, शिक्षा तथा क्षमता अभिवृद्धि, ग्रामीण विकास र सम्पर्क सञ्जाल विस्तारमा साझेदारीको प्रबल सम्भावना रहेको बताउनुभयो ।

नेपाल–चीन सम्बन्ध ऐतिहासक, सांस्कृतिक तथा आर्थिकरुपमा प्रगाढ रहेको उल्लेख गर्दै उहाँले पछिल्ला समय दुई देशबीचको साझेदारी झन् बलियो बन्दै गइरहेको बताउनुभयो । उहाँले भन्नुभयो । “नेपाल र चीनबीच  जनस्तरसम्म रानजीतिक, आर्थिक र सांस्कृति लाभको आदानप्रादन हुँदै आएको छ, यसका माध्यमबाट सम्पर्क सञ्जालको विस्तारसँगै आर्थिक वृद्धि र आमनागरिकको जीवनस्तर उकास्न सहयोग पुग्नेछ ।”

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीले अघि सारेको हरित क्रान्ति नीतिले जलवायु परिवर्तनको विश्वव्यापी चुनौती समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै त्यसबाट जलवायु परिवर्तनको चपेटामा परेका नेपालजस्ता मुलुकले लाभ लिनसक्ने बताउनुभयो । “चीनको आधुनिकीकरण त्यहाँ मात्र सीमित छैन, यसबाट नेपालसहित अन्य मुलुकले पनि लाभ लिन सक्नेछन्”, उहाँले भन्नुभयो ।

चीन नेपालको निकट मित्र मात्रै नभई विकास साझेदारका रुपमा पनि रहेको जनाउँदै पूर्वराजदूत श्रेष्ठले विकास प्रयासमा चीनको थप सहयोगको खाँचो औँल्याउनुभयो । नेपालले भारत र चीनसँग समदूरीको सम्बन्ध राखेर अघि बढ्नुपर्ने उहाँले जोड दिनुभयो ।

नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर वाङ सीले सिपिसीबाट पारित प्रस्तावले विशेष गरी नेपालगायत छिमेकी मुलुक र विश्व समुदायमा विकासका धेरै अवसर र लाभ सिर्जना गर्ने बताउनुभयो । चीनको रेनमिन विश्विद्यालयका प्राध्यापक स्या लुले राष्ट्रिय कंग्रेसबाट पारित विशेष प्रस्तावको विवेचना गर्दै यसले नयाँ युगको यात्रा चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउन व्यापक सुधारको बाटो पहिल्याएको बताउनुभयो ।

पत्रकार गोपाल खनालले चिनियाँ समृद्धिबाट नेपालले कसरी लाभ लिने भन्नेमा ध्यान दिनुपर्ने बताउनुभयो । आयोजक संस्थाका महासचिव डा कल्याणराज शर्माले विश्वको ठूलो अर्थतन्त्र चीनले थालेको व्यापक सुधारका पहलबाट नेपालको विकास प्रयासमा थप सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । रासस