२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको केन्द्रिय कमिटी ३४४ सदस्यीय



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले ३४४ सदस्यीय केन्द्रिय कमिटी बनाएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको बैठकले आकांक्षीहरुलाई सम्बोधन हुनेगरी ठूलो आकारको केन्द्रिय कमिटी बनाएको हो । पार्टीको १० औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्दै ९३ जना केन्द्रिय सदस्यहरुको घोषणा गरेको थियो ।

आज बसेको बैठकले केन्द्रिय सदस्यहरुको संख्या बढाएर ३४४ जना पुर्याउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्र्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले ९३ जनाको नाम यसअघि नै सुनाई सकेका छौं । अहिले ३४४ सदस्यीय केन्द्रिय कमिटीको घोेषणा गरिएको छ । अब केही दिनभित्र यी सबै केन्दिय कमिटीका सदस्हयहरुको सपथग्रहण समारोह राखिनेछ । त्यसपछाडि हामी पदाधिकारीहरु छनौट गर्नेछौँ । धेरै छिटो व्यवस्थापन गरेर पदाधिकारी चयन गर्ने काम हुनेछ । ’

केही दिनभित्र चयन गरिएका केन्द्रिय सदस्यहरुको शपथग्रहण हुने पनि सो पार्टीले जनाएको छ । शपथग्रहण पछि पार्टीको पदाधिकारी चयन हुने बित्तिकै पदाधिकारीहरुको चयन पनि हुने पार्टीका प्रवक्ता खतिवडाले बताउनु भयो ।