२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको केन्द्रिय कमिटी ३४४ सदस्यीय



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले ३४४ सदस्यीय केन्द्रिय कमिटी बनाएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको बैठकले आकांक्षीहरुलाई सम्बोधन हुनेगरी ठूलो आकारको केन्द्रिय कमिटी बनाएको हो । पार्टीको १० औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्दै ९३ जना केन्द्रिय सदस्यहरुको घोषणा गरेको थियो ।

आज बसेको बैठकले केन्द्रिय सदस्यहरुको संख्या बढाएर ३४४ जना पुर्याउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्र्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले ९३ जनाको नाम यसअघि नै सुनाई सकेका छौं । अहिले ३४४ सदस्यीय केन्द्रिय कमिटीको घोेषणा गरिएको छ । अब केही दिनभित्र यी सबै केन्दिय कमिटीका सदस्हयहरुको सपथग्रहण समारोह राखिनेछ । त्यसपछाडि हामी पदाधिकारीहरु छनौट गर्नेछौँ । धेरै छिटो व्यवस्थापन गरेर पदाधिकारी चयन गर्ने काम हुनेछ । ’

केही दिनभित्र चयन गरिएका केन्द्रिय सदस्यहरुको शपथग्रहण हुने पनि सो पार्टीले जनाएको छ । शपथग्रहण पछि पार्टीको पदाधिकारी चयन हुने बित्तिकै पदाधिकारीहरुको चयन पनि हुने पार्टीका प्रवक्ता खतिवडाले बताउनु भयो ।