१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

ओलम्पिकमा कठिन वातावरणको सामना गर्दै इजरायल

ओलम्पिकमा कठिन वातावरणको सामना गर्दै इजरायल
अ अ+ अ-

पेरिस ।इजरायलको ओलम्पिक टोलीले पेरिस खेलका क्रममा ‘कठिन’ वातावरणको सामना गरेको उनीहरूको प्रतिनिधिमण्डलका प्रमुखले बताएका छन् ।

इजरायलको इतिहासमा सबैभन्दा ठूलो ९८८ सदस्यीय० टोलीले बिहीबार जुडोका पिटर पाल्चिक र इनबार लानिरमार्फत पहिलो पदक जितेको छ ।

बाँकी १० दिनमा थप दुई वा तीन पदक जित्ने आशा रहेको इजरायली ओलम्पिक कमिटीका अध्यक्ष येल अरादले बताउनुभयो ।

अनलाइनमार्फत् आउने मृत्युको चेतावनी, उत्पीडन, सामाजिक सञ्जालमार्फत चुहावट भएका व्यक्तिगत सूचना वा मानहानी साथै फुटबल खेलको क्रममा देखिएको इजरायलविरोधी जनमतले खेलमा ध्यान केन्द्रित गर्न गाह्रो भइरहेको इजरायली खेलाडीहरूले बताएका छन् ।

अरादले भन्नुभयो, “हामीले हाम्रा खेलाडीलाई विशेष ढङ्गले तयार गरेका छौँ । हामीले उनीहरूलाई दिएको मुख्य सन्देश यो हो कि हामी यहाँ प्रतिस्पर्धा गर्न र इजरायली भावना देखाउन आएका छौँ ।”

इजरायली सरकारले अनलाइन उत्पीडन र ‘फिसिङ’ आक्रमणको परिष्कृत अभियानका लागि इरान समर्थित समूहलाई आरोप लगाएको छ ।

“यो साँच्चै कठिन अवस्था हो । सबैलाई थाहा छ हामी अक्टोबर ७ देखि नै शोकमा परेको राष्ट्र हौँ,” इजरायलमा हमासले गरेको आक्रमणमा एक हजार १७० जनाको ज्यान गएको उल्लेख गर्दै अरादले भन्नुभयो ।

गत सप्ताहन्तमा गोलान हाइट्समा हेजबुल्लाहको रकेट आक्रमणले फुटबल खेलिरहेका १२ बालबालिकाको ज्यान लिएको घटनाले पनि टोलीलाई असर गरेको अरादले बताउनुभयो ।

“हाम्रा खेलाडीहरूले दु:ख र समस्याको सामना गर्नेछन् र आशा र प्रेरणा घर लिएर जानेछन् भन्नेमा म विश्वस्त छु,” उहाँले भन्नुभयो ।

गाजामा जारी इजरायलली आक्रमणले पेरिस ओलम्पिकमा विवाद निम्त्याएको हो ।

ओलम्पिक सुरु हुनुअघि नै प्यालेस्टिनी ओलम्पिक कमिटीले ओलम्पिकको धारणा उल्लङ्घन गरेको र ४०० प्यालेस्टिनी खेलाडी र खेलकूद व्यक्तित्वहरूको हत्या गरेकोमा इजरायललाई बहिष्कार गर्न माग गरेको थियो ।

इजरायली टोली वरपरको सुरक्षा असाधारण रूपमा कडा गरिएको छ । प्यालेस्टिनी उग्रवादी समूह ‘ब्ल्याक सेप्टेम्बर’ले एथलिट गाउँमा इजरायली प्रतिस्पर्धीलाई आक्रमण गरी हत्या गरेपछि सन् १९७२ को खेलदेखि नै इजरायली टोलीहरूलाई कडा सुरक्षामा राखिने गरिएको इजरायलको इतिहासमा पहिलो ओलम्पिक पदक बिजेता पूर्व जुडोका अरादले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई पेरिसको सुरक्षामा विश्वास छ । अनि मेरो भूमिका यी खेलाडीहरूलाई खेलकूदमा मात्र ध्यान केन्द्रित गर्ने अवसर दिनु हो ।”