२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना लुकाउनु अपराध हो: सभामुख मण्डल



अ+ अ-

काठमाडौँ । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले सूचना लुकाउनु अपराध रहेको बताएका छन् ।

राष्ट्रिय सूचना आयोगले अयोजना गरेको सुशासनका लागि सूचनाको हक विषयक दुई दिवसीय मधेस प्रदेश स्तरीय गोष्ठीमा बोल्दै सभामुख मण्डलले यस्तो बताउनुभएको हो ।

उहाँले सूचना पाउनु सबै नेपाली नागरिकको अधिकार रहेकाले सूचना लुकाउने काम नेपाली नागरिकको अधिकार हनन हुने बताउनु भयो । व्यक्तिगत स्वार्थ हावी हुँदा सूचना लुकाउने परिपाटी बढ्दै गइरहेको बताउनु भयो । उहाँले सूचना लुकाइने ठाउँमा भ्रष्टाचारले प्रश्रय पाउने बताउनु भयो । प्रत्येक नेपालीलाई सूचनाको हक प्रयोग गर्नतर्फ अग्रसर हुन आग्रह गर्नुभयो । सभामुख मण्डलले सूचनाको लुकाउने बिरुद्ध आवाज उठाउन समेत आग्रह गर्नुभयो ।

गोष्ठीको उद्घाटन सत्रमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा बलियो अधिकार रहेको बताउनु भयो । सूचनाको हक प्रदान गरेर संविधानले नागरिकलाई शक्तिशाली बनाएको उहाँको भनाई थियो । देशका सबै सार्वजनिक निकायले पारदर्शीता, जवाफदेहिता, इमान्दार हुँदै भ्रष्टाचार नियन्न्त्रण गर्ने र सूचना व्यवस्थित रुपमा सार्वजनिक गर्दै जानुपर्ने बताउनु भयो ।

एक अर्को प्रसंगमा प्रमुख सूचना आयुक्त गुरुङले सबैभन्दा बढी सूचनाको हक सम्बन्धि पुनरावेदन मधेस प्रदेशबाटै हुने गरेकोमा खुशी व्यक्त गर्नुभयो । यद्यपि देशभरमा सूचनाको हक प्रयोग गर्न नेपालीहरु जागरुक नरहेको भन्दै सूचना हक बढीभन्दा बढी संख्यामा गर्न आग्रह गर्नुभयो ।