१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

गर्मीजन्य समस्याका कारण युरोपमा वर्षेनी सदरदर एक लाख ७५ हजारको मृत्यु: डब्लुएचओ

गर्मीजन्य समस्याका कारण युरोपमा वर्षेनी सदरदर एक लाख ७५ हजारको मृत्यु: डब्लुएचओ
अ अ+ अ-

एजेन्सी । विश्वका अन्य देशहरुको तुलनामा तापक्रम तीव्र गतिमा बढिरहेको युरोपमा गर्मीका कारण वर्षेनी एक लाख ७५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ ।

डब्लुएचओले सन् २००० देखि २०१९ को बीचमा हरेक वर्ष गर्मीका कारण भएका चार लाख ८९ हजार मृत्युमध्ये युरोपेली क्षेत्रमा ३६ प्रतिशत अर्थात् औसतमा एक लाख ७६ हजार ४० जनाको मृत्यु हुने गरेको जनाएको छ ।

स्वास्थ्य निकायका अनुसार यस क्षेत्रको तापक्रम विश्वको औसत दरभन्दा झन्डै दोब्बरले बढिरहेको छ ।

डब्लूएचओको युरोपेली क्षेत्रमा ५३ देशहरू छन्, जसमा मध्य एसियाका केही देशहरू पनि समावेश छन् ।

डब्लुएचओका युरोप क्षेत्रीय निर्देशक हान्स क्लुजले भन्नुभयो, “मानिसहरूले अन्तिम मूल्य चुकाइरहेका छन् ।”

डब्लुएचओका अनुसार विगत दुई दशकमा यस क्षेत्रमा गर्मीका कारण हुने मृत्युदरमा ३० प्रतिशतले वृद्धि भएको छ ।

क्लुजले भन्नुभयो, “तापक्रमको चरम सीमाले मुटु, श्वासप्रश्वास, ‘सेरेब्रो–भास्कुलर डिजिज’, मानसिक स्वास्थ्य र मधुमेहसँग सम्बन्धित रोगलगायत दीर्घकालीन अवस्थालाई बढाउँछ ।

अत्यधिक गर्मी विशेष गरी वृद्धवृद्धाका लागि समस्या र गर्भवती महिलाका लागि ‘अतिरिक्त बोझ’ हुन सक्ने उहाँले बताउनुभयो ।

डब्लुएचओका अनुसार मानव शरीरले आफ्नो तापक्रम कायम राख्न नसकेपछि उत्पन्न हुने ’गर्मीको तनाव’ यस क्षेत्रमा जलवायुसम्बन्धी मृत्युको प्रमुख कारण हो ।

विश्वव्यापी तापक्रम वृद्धिका कारण आगामी वर्षहरूमा गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्ने डब्लुएचआले जनाएको छ ।

क्लुजका अनुसार सन् २०२० यता यस क्षेत्रका लागि सबैभन्दा तातो तीन वर्ष भएका छन् भने सन् २००७ पछि १० बर्ष अत्यधिक तातो वर्षका रूपमा रेकर्ड भएका छन् ।

गत जुलाई २५ मा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले मानव जाति ‘अत्यधिक गर्मीको महामारी’बाट पीडित भएको चेतावनी दिँदै जलवायु परिवर्तनका कारण उत्पन्न गर्मीको लहरको प्रभावलाई सीमित गर्न कदम चाल्न आह्वान गर्नुभएको थियो ।