• २४ भाद्र २०८१, सोमबार
  •      Mon Sep 9 2024
  •   Unicode
Logo

पोखरा उडेको बुद्धको जहाजमा समस्या आएपछि काठमाडौंमै अवतरण



फाईल फोटो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको बुद्ध एयरको जहाज पुन: काठमाडौंमै अवतरण भएको छ।

शुक्रबार पोखराका लागि उडेको उडान नं ६५५ कल साइन ९ एन– एएमडी जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको बुद्ध एयरले जनाएको छ।

काठमाडौंमा सुरक्षित अवतरण गरिएसँगै यात्रुहरूलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको बुद्ध एयरले जनाएको छ ।