१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा छ: अर्थमन्त्री पौडेल

मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा छ: अर्थमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले आम मान्छेहरुमा मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताउनुभएको हो । उहाँले मौद्रिक नीति अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नेगरी लचिलो रुपमा आएको बताउनु भयो । उहाँले अर्थतन्त्र चलायमान र गतिशील हुने बताउनु भयो । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिको सन्तुलनमा मुलुकको अर्थतन्त्रलाई चलाउनुपर्छ भन्नेमा सरकारको सचेत प्रयास रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यसपटकको मौद्रिक नीतिको सन्दर्भमा म के भन्न चाहन्छु भने गभर्नरले, राष्ट्रबैंकले मुलुकमा जे प्रकारको समस्या देखिएको छ, अर्थतन्त्रमा जे–जस्ता समस्या देखिएका छन्, ति समस्याहरुलाई सम्बोधन गर्ने, समाधान गर्ने, मौद्रिक नीतिको सिमा भित्रबाट समाधान गर्ने सम्बन्धमा आवश्यक मात्रामा लचिलो हुनु जरुरी थियो । एक हदसम्म लचिलो भएको छ । कतिले यसलाई अहिले पनि कसिलो मानिरहेका छन् । कतिले यसलाई अतिरिक्त लचिलो भनेर पनि विश्लेषण गरिरहेका छन् । लचिलो ढंगले नै यो आएको छ । यसले स्वभावैले अर्थतन्त्रलाई चलायमान गर्न, अर्थतन्त्रलाई गतिशिल तुल्याउनका निम्ति र खासगरी उत्पादनको क्षेत्रमा यसले केही इन्करेज गर्नसक्छ भन्ने मान्छेहरुमा आशा, अपेक्षा छ । त्यही सोचको साथमा नै यो मौद्रिक नीतिको पनि कार्यान्वयन हुँदै जाँदा केही सकारात्मक नतिजाहरु आउँछन् भन्ने मलाई लाग्छ ।’

अर्थमन्त्री पौडेलले शेयर बजारमा अपारदर्शी क्रियाकलाप र अनुचित ढंगले प्रभावित गर्ने प्रयास नहोस् भनेर आफूले स्पष्ट रुपमा निर्देशन दिएको बताउनु भयो । उहाँले कुनैपनि लगानीकर्ताको लगानी डुब्ने स्थिति आउन नदिनको निम्ति शेयर बजारलाई परिपक्व ढंगले अगाडी बढाउन नियामक निकायलाई निर्देशन दिएको पनि बताउनु भयो । उहाँले नियामक निकायलाई शेयर बजारमा अनुचित क्रियाकलाप हुन नदिन आवश्यक शतर्कता र सावधानि अपनाउन निर्देश गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘शेयर बजारलाई अनुचित ढंगले प्रभावित नगरोस् भन्नेकुरामा होशियार हुनुपर्छ र खासगरी नियामक निकायहरुले यो कुरालाई ध्यान दिनुपर्छ । मैले स्पष्टसँग निर्देशित गरेको छु, कुनैपनि प्रकारको अपारदर्शी क्रियाकलाप, कुनैपनि प्रकारले शेयर बजारलाई अनुचित ढंगले प्रभावित गर्ने प्रयासहरु हुनुहुँदैन भन्ने कुरामा स्पष्टसँग निर्देशन गरेको छु । बेला–बेलामा चर्चा हुने गर्छ, शेयर किन्न चाहादा किन्न नपाउने, बेच्न चाहादा बेच्न नपाउने खालको समस्याहरु पनि देखियो । सफ्टवेयरमा समस्या देखियो । भन्ने कोणबाट पनि चर्चा हुने गरेको छ । ति प्रश्नहरुमा गम्भीरतापूर्वक अध्ययन गर्न र कुनै पनि प्रकारका अवाञ्छित गतिविधि हुन नदिन र कुनैपनि लगानीकर्ताको लगानी डुब्ने स्थिति आउन नदिनको निम्ति शेयर बजारलाई परिपक्व ढंगले अगाडी बढाउनका निम्ति नियामक निकायले भुमिका निर्वाह गर्नुपर्छ भन्ने कुरा निर्देशन गरिरहेको छु । शेयरबजार अर्थतन्त्रको ऐना हो । यसलाई नकारात्मक टिप्पणी गर्ने होइन । नियामक निकायलाई आवश्यक शतर्कता, सावधानि, कुनैपनि प्रकारका अन्यथा क्रियाकलापहरु हुन नपाउन् भन्ने कुरामा होशियारी अपनाउनका निम्ति निर्देशित गरिएको छ ।’

उहाँले सहकारी क्षेत्रमा नियामक निकायको आवश्यकता अनुभुत भएको भन्दै कानूनसम्मत प्रवन्ध गरेर यस क्षेत्रको समस्यालाई समाधान गर्ने बताउनु भयो ।