२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा छ: अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले आम मान्छेहरुमा मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताउनुभएको हो । उहाँले मौद्रिक नीति अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नेगरी लचिलो रुपमा आएको बताउनु भयो । उहाँले अर्थतन्त्र चलायमान र गतिशील हुने बताउनु भयो । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिको सन्तुलनमा मुलुकको अर्थतन्त्रलाई चलाउनुपर्छ भन्नेमा सरकारको सचेत प्रयास रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यसपटकको मौद्रिक नीतिको सन्दर्भमा म के भन्न चाहन्छु भने गभर्नरले, राष्ट्रबैंकले मुलुकमा जे प्रकारको समस्या देखिएको छ, अर्थतन्त्रमा जे–जस्ता समस्या देखिएका छन्, ति समस्याहरुलाई सम्बोधन गर्ने, समाधान गर्ने, मौद्रिक नीतिको सिमा भित्रबाट समाधान गर्ने सम्बन्धमा आवश्यक मात्रामा लचिलो हुनु जरुरी थियो । एक हदसम्म लचिलो भएको छ । कतिले यसलाई अहिले पनि कसिलो मानिरहेका छन् । कतिले यसलाई अतिरिक्त लचिलो भनेर पनि विश्लेषण गरिरहेका छन् । लचिलो ढंगले नै यो आएको छ । यसले स्वभावैले अर्थतन्त्रलाई चलायमान गर्न, अर्थतन्त्रलाई गतिशिल तुल्याउनका निम्ति र खासगरी उत्पादनको क्षेत्रमा यसले केही इन्करेज गर्नसक्छ भन्ने मान्छेहरुमा आशा, अपेक्षा छ । त्यही सोचको साथमा नै यो मौद्रिक नीतिको पनि कार्यान्वयन हुँदै जाँदा केही सकारात्मक नतिजाहरु आउँछन् भन्ने मलाई लाग्छ ।’

अर्थमन्त्री पौडेलले शेयर बजारमा अपारदर्शी क्रियाकलाप र अनुचित ढंगले प्रभावित गर्ने प्रयास नहोस् भनेर आफूले स्पष्ट रुपमा निर्देशन दिएको बताउनु भयो । उहाँले कुनैपनि लगानीकर्ताको लगानी डुब्ने स्थिति आउन नदिनको निम्ति शेयर बजारलाई परिपक्व ढंगले अगाडी बढाउन नियामक निकायलाई निर्देशन दिएको पनि बताउनु भयो । उहाँले नियामक निकायलाई शेयर बजारमा अनुचित क्रियाकलाप हुन नदिन आवश्यक शतर्कता र सावधानि अपनाउन निर्देश गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘शेयर बजारलाई अनुचित ढंगले प्रभावित नगरोस् भन्नेकुरामा होशियार हुनुपर्छ र खासगरी नियामक निकायहरुले यो कुरालाई ध्यान दिनुपर्छ । मैले स्पष्टसँग निर्देशित गरेको छु, कुनैपनि प्रकारको अपारदर्शी क्रियाकलाप, कुनैपनि प्रकारले शेयर बजारलाई अनुचित ढंगले प्रभावित गर्ने प्रयासहरु हुनुहुँदैन भन्ने कुरामा स्पष्टसँग निर्देशन गरेको छु । बेला–बेलामा चर्चा हुने गर्छ, शेयर किन्न चाहादा किन्न नपाउने, बेच्न चाहादा बेच्न नपाउने खालको समस्याहरु पनि देखियो । सफ्टवेयरमा समस्या देखियो । भन्ने कोणबाट पनि चर्चा हुने गरेको छ । ति प्रश्नहरुमा गम्भीरतापूर्वक अध्ययन गर्न र कुनै पनि प्रकारका अवाञ्छित गतिविधि हुन नदिन र कुनैपनि लगानीकर्ताको लगानी डुब्ने स्थिति आउन नदिनको निम्ति शेयर बजारलाई परिपक्व ढंगले अगाडी बढाउनका निम्ति नियामक निकायले भुमिका निर्वाह गर्नुपर्छ भन्ने कुरा निर्देशन गरिरहेको छु । शेयरबजार अर्थतन्त्रको ऐना हो । यसलाई नकारात्मक टिप्पणी गर्ने होइन । नियामक निकायलाई आवश्यक शतर्कता, सावधानि, कुनैपनि प्रकारका अन्यथा क्रियाकलापहरु हुन नपाउन् भन्ने कुरामा होशियारी अपनाउनका निम्ति निर्देशित गरिएको छ ।’

उहाँले सहकारी क्षेत्रमा नियामक निकायको आवश्यकता अनुभुत भएको भन्दै कानूनसम्मत प्रवन्ध गरेर यस क्षेत्रको समस्यालाई समाधान गर्ने बताउनु भयो ।