१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

प्राधिकरणसँग टिओडी मिटरको प्रमाण हुँदाहुँदै पनि लुकायो: उद्योगी व्यवसायी

प्राधिकरणसँग टिओडी मिटरको प्रमाण हुँदाहुँदै पनि लुकायो: उद्योगी व्यवसायी
अ अ+ अ-

काठमाडौँ । उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंकलाइन वक्यौता रकमको प्रमाण बिना विद्युत प्राधिकरणले दु:ख दिने काम गरेको गुनासो गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उद्योगी व्यवसायीहरुले समितिसँग यस्तो गुनासो गरेका हुन । उनीहरुले प्राधिकरणले उद्योगहरुले विद्युत प्रयोग गरेको टिओडी मिटर सहितको प्रमाण दिए रकम तिर्न तयार रहेको बताए । उद्योगी व्यवसायीले विद्युत प्राधिकरणले हचुवाको भरमा प्रिमियमसहित बिल काटेको आरोप लगाए ।

उनीहरुले प्राधिकरणसँग टिओडी मिटरको प्रमाण हुँदा हुँदै पनि लुकाएको समितिलाई जानकारी गए । उनीहरुले कानूनमै प्राधिकरणले टिओडी मिटरको प्रमाणको लागि रेकर्ड राख्नुपर्ने व्यवस्था रहेको बताए । समितिमा बोल्दै उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले प्राधिकरणले प्रमाण दिए सबै महशुल तिर्न तयार रहेको बताउनु भयो । उहाँले विद्युत महशुल तोक्ने अधिकार विद्युत प्राधिकरणलाई नभएको भन्दै अधिकार विपरित उद्योगीहरुलाई वक्यौता रकम उठान खोजिएको बताउनु भयो । उहाँले ट्रंकलाइन २०७३ साउनदेखि लागू भएको भन्दै प्रमाण महशुल तिर्न तयार रहेको बताउनु भयो । उहाँले उद्योगहरुले विद्युत प्रयोग गरेको प्राधिकरणसँग टिओडी मिटरको प्रमाण हुँदाहुँदै पनिे लुकाएको उल्लेख गर्नुभयो । उहाँले प्राधिकरणले विद्युत महशुल प्रश्ताव गर्दा २४ घण्टा निरन्तर निर्वाध रुपमा वित्त दिनको लागि प्रिमियम रेट तय गरेको बताउनु भयो ।

समिति बैठकमा बोल्दै सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बिजुली प्रयोग गरेपछि तिर्ने प्रावधान भएको तर प्रयोग नै नगरेकोमा प्राधिकरणले निर्णय गरेर बिल काटेको बताउनु भयो । उहाँले प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन महशुल तिर्न व्यवसायीहरुलाई कानूनी प्रावधान अनुसार नभएको बताउनु भयो । उहाँले प्राधिकरणको बोर्डले ७ पटक निर्णय गरे पनि व्यवसायीहरुले प्रगोग नगरेको विद्युत महशुल तिर्न नसक्ने दाबी गर्नुभयो । उहाँले प्राधिकरणले निर्णय गर्दैमा महशुल लिन नपाउने उल्लेख गर्नुभयो । उहाँले पाधिकरणले विद्युत प्रयोग गरेको प्रमाण दिए व्यवसायीहरु रकम तिर्न तयार रहेको बताउनु भयो ।

रिलायन्स स्पिनिङ मिल्स प्रतिनिधि महेश पोखरेले प्राधिकरणले उद्योगमा हचुवाको भरमा बिल पठाएको गुनासो गर्नुभयो । उहाँले भक्तबहादुर पुनको प्रतिवेदनले डेडिकेटेड र ट्रंकलाइन महशुल तिर्नुपर्छ भनेर कतै उल्लेख नगरेको बताउनु भयो । उहाँले प्रतिवेदनमा समेत रिलायन्स स्पिनिङ मिल्सको नाम नलेखे पनि प्राधिकरणले हचुवाको भरमा बिल काटेर पठाएको दाबी गर्नुभयो ।

समिति बैठकका भैरहवाका व्यवसायीहरुले पनि २२ वटा उद्योगले ट्रंकलाइन डेडिकेटेड लाइन प्रयोग नगर्दा समेत उद्योगमा महशुल तिर्नको लागि बिल आएको भन्दै गुनासो गरेका थिए । उनीहरुले उद्योग सञ्चालन गरेदेखि बत्तीको बिल चुक्ता गर्दै आएका पनि थप प्रिमियमसहित उद्योगमा बत्तीको बिल आएको बताए ।